Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1787




कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै
कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

पर्वत– पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् ।


सेक्टरका प्रमुख कृष्णप्रसाद ढुंगानाका अनुसार जिल्लाको हँुगी, रानीघाट, पुट्टारघाट, गेझाको बर्दलेघाटमा दुई वर्षभित्र निर्माण कार्य पूरा हुने र यम्घाको दर्पुकघाट निर्माणका लागि डिजाइनको चरणमा रहेको छ । कालीगण्डकी किनाराका जनतालाई सहज रुपमा आवतजावत गर्न र यातायातले जोडिसकेकाले कृषि उपज सहज रुपमा बजार पु¥याउनका लागि यस्ता पुलहरुले सहयोग पुग्नेछ । पक्की पुल निर्माण पूर्व केही स्थानमा झोलुङ्गे पूल भए पनि ती पुल पुराना र जीर्ण भएकाले पक्की पुलको आवश्यकता रहेको स्थानीयवासी बताउँछन् ।


कार्यालयका अनुसार हँुगीको असेर्दीघाटमा निर्माणको चरणमा रहेको पुलको निर्माण कार्य आगामी असारमा सम्पन्न गर्ने गरी रु एक करोड ५२ लाख ४९९, रानीघाटमा निर्माणको अन्तिम चरणमा पुगेको पुल आगामी जेठसम्म निर्माण कार्य पूरा गर्ने गरी रु एक करोड ९० लाख ६ सय ९७, तनहुँ पाल्पा जोड्ने गरी पुट्टारघाटमा दुई वर्षमा सम्पन्न गर्ने गरी डिजाइनको चरणमा रहेको पुलको लागत रु दुई करोड ४७ लाख ९ शय ७९, गेझाको वर्दले र यम्घाको दर्पुकमा डिजाइनको चरणमा र दुई वर्षमा सम्पन्न गर्ने गरी रु पाँच करोड ४० लाख २१ को स्टिमेट गरिएको छ । यम्घाको दर्पुकमा भने डुंगाबाट नै वारपार गर्नुपर्ने बाध्यता कायमै रहेको बताइएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)