Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1753




स्तन क्यान्सरको उपचार अब स्वदेशमै
स्तन क्यान्सरको उपचार अब स्वदेशमै

पर्वत– विदेश गएर लाखौं खर्च गरेर स्तन क्यान्सरको उपचार गर्न झन्झट गर्नु नपर्ने भएको छ । अब स्वदेशमै यो सेवा उपलब्ध भएको छ ।

नेपाल क्यान्सर अस्पतालले उपचारको नयाँ विधि भित्र्याएपछि स्वदेशमै स्तन क्यान्सरको उपचार गर्न सकिने भएको हो । विगतमा क्यान्सरपीडित स्तनलाई केमोथेरापी र रेडियोथेरापीबाट उपचार गरिन्थ्यो । उपचार असम्भव भए स्तनलाई काटेर सर्जरी गरिन्थ्यो । 

नयाँ प्रविधि अनुसार ‘अन्कोप्लाष्टिक सर्जरी’ले क्यान्सर भएको स्तनको ट्युमरलाई फालेर पुरानै आकारमा ल्याउने गरिन्छ । स्तनलाई नारी सौन्दर्यको अभिन्न अङ्ग मानिन्छ । त्यसैले पनि क्यान्सर भएको स्तनलाई यथावत राखेर उपचार गर्नु अतिआवश्यक भएको डा। प्रफुल्ल शाक्यले जानकारी दिनुभयो ।

केमोथेरापी, रेडियोथेरापी र प्लाष्टिक सर्जरीभन्दा भिन्न रूपमा गरिने यस विधि नेपालमा केही महिनादेखि शुरु भएको हो । हालसम्म ५३ जनाले सेवा लिइसकेका छन् यो सेवा नेपालमा ४० हजारदेखि ६० हजार रुपियाँमा उचार भइरहेको डा। शाक्यले जानकारी दिनुभयो ।

यस उपचार विधिमा क्यान्सर रोग निको हुनाको साथै विरामीको चाहना अनुसार स्तनको आकार सानोठूलो पार्ने गरिएकाले विरामीले सामान्य जीवनमा सहजै फर्कन सक्छन् । अन्कोप्लाष्टिक सर्जरी भएकाले यो उपचार विधिमा स्तनमा घाउको खाटा नदेखिने पनि उहाँले जानकारी दिनुभयो ।


यसैबीच, हिजो शनिबार यस विधिबारे लन्डनस्थित सेन्ट जर्ज विश्वविद्यालय अस्पतालका अन्कोप्लाष्टिक विज्ञ डा। दिवेश बेनर्जीले अन्कोप्लाष्टिक सर्जन र प्लाष्टिक सर्जनहरुलाई तालिम दिनुभएको थियो ।


अन्कोप्लाष्टिक सर्जरी उपचार विधि अदानप्रदानले नेपाल र बेलायतबीच नयाँ मित्रता कायम हुनसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

 डा। सुदिप श्रेष्ठका अनुसार नेपालमा स्वास्थ्य शिक्षाको कमी र हेरचाह गर्ने वानीका कारण महिलामा स्तन क्यान्सर बढिरहेको छ । स्तन क्यान्सर नेपालमा दोश्रो ठूलो र शहरी इलाकामा पहिलो क्यान्सरको रूपमा देखा परेको छ । स्तन क्यान्सरबारे चिकित्सक सेवा लिनुभन्दा अगाडि महिला स्वय्मले थाहा पाउन सक्छन् । –उपेश महर्जन

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)