Correspondent, ParbatNepal
8 years ago
2022
रोशन तिवारी बैशाख २४, पर्वत । गर्मी वढे संगै जिल्ला अस्पताल पर्वतमा बिरामी दैनिक वढेका छन । गर्मीसँगै पर्वतमा झाडापखाला,ज्वारो र टाइफाइड समस्या भएका बिरामी बढेका छन् ।
जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखाला ,टाइफाइडका लगायतका बिरामी बढी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पताल पर्वतमा आजभोलि दैनिक ८० भन्दा बढी बिरामी आउने गरेको डा बृद्धि बहादुर थापाले जानकारी दिए ।
वैशाख महिनादेखि अस्पतालमा आउने बिरामीमध्ये अधिकांश झाडापखाला,ज्वारो र टाइफाइडका बिरामी आउने गरेका छन ।‘ बालबालिका बढी प्रभावित भएका छन्न,’उनले भने,‘अस्वस्थ खानपान र दूषित खानेपानीका कारण यस्ता बिरामी बढेको उनले बताए ।’ गर्मीयाममा विभिन्न किसिमका सरुवा रोग लाग्ने भएकाले सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
पर्वतमा अहिले झाडापखालाका बिरामीको संख्या बढेकाले सबैले सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर थापाले बताए । सरसफाइको कमीले लाग्ने भएकाले सबैले सरसफाइमा ध्यान दिन उनले आग्रह गरे । पानी उमालेर पिउनु पनि आग्रह गरेका छन् ।
