Correspondent, ParbatNepal
8 years ago
2207
पर्वत –बागलुङको जैमुनी नगरपालिका –७ जैदीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ४ सय भन्दा बढीले आँखा परिक्षण गराएका छन्् । आर्थिक अभावका कारण लामो समयदेखि आँखाको रोग बल्झाएर बसेकाहरु निःशुल्क शिविरबाट बढी मात्रामा लाभान्वित बनेका हुन् । जैमिनी नगरपालिका– ७ जैदीमा आयोजना गरेको निशुल्क आँखा शिविरमा जैदी , छिस्ती ,अर्जेवा, सकुर्वाका ४ सय ६१ जनाले आखा जाँच सेवा लिएका हुन । वडा कार्यलय जैदीको आयोजना र हिमालय आँखा अस्पलात पोखराको प्राविधिक सहयोगमा जैदी स्वस्थ्य चौकीमा आँखा परिक्षण गराएपछि स्थानीय नागरिकहरुले खुशी व्यक्त गरेका थिए ।
आँखा जाँच गरिएका मध्ये १ सय ७ जनालाई मोतियाँ विन्दु देखिएको र २६ जनालाई तत्काल अप्रेशनका लागी सिफारि गरिएको छ । शिविरमा एक सय थान चश्मा वितरण गरिएको वडा सदस्य तथा कार्यक्रम संयोजक केन्द्र रसाइलीले जानकारी दिए । शिविरवाट आँखाका विरामीहरुलाई प्रत्यक्ष फाईदा पुगेको उनले बताए । ‘शिविर आउने आँखाका विरामीहरुलाई राहात महशुस भएको छ, उनले भने,‘जैदीका नागरिकलाई आँखा उपचारमा सहयोग पु¥याउने ध्येयले निःशुल्क शिविर सञ्चालन गरेको बताए ।’ वडाले यस्ता कार्यक्रम बर्षोपिच्छे सञ्चालन गदै आउने उनले विश्वास व्यक्त गरे ।
शिविरबाट संसार देखाउने आँखाको उपचार सजिलै जैदीमा लिन पाउँदा आफू निकै खुशी भएको शिविरमा आउने आँखाका विरामीहरुले बताएका थिए । यता जैमिनी नगरपालिका–७ जैदीक िविमला परियारले हामी जेष्ठ नागरिकका लागि यो शिविर भगवान्् नै सावित भएको बताईन । उनले शिविर आफ््ना लागि भगवानको वरदान सावित भएको प्रतिक्रिया दिईन ।
