Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1513




पाेर्चुगलकाे सडकमा अचेत अवस्थामा भेटिएका एक नेपालीकाे मृत्यु
पाेर्चुगलकाे सडकमा अचेत अवस्थामा भेटिएका एक नेपालीकाे मृत्यु

पर्वत–रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ । 


राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिनुभयो । 


अध्यक्ष कार्कीका अनुसार अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो । कार्कीलाई गएको वैशाख १८ गतेका दिन प्रहरीले अचेत अवस्थामा सडकमा फेलापारेको थियो । 


उनी ३ वर्षदेखि पोर्चुगल बस्दै आएका थिए । परिवार र आफन्तजनको सल्लाहबमोजिम उनको शव पोर्चुगलमै अन्त्येष्टी गरिने तयारी गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । कार्कीको शव परीक्षण रिपोर्ट भने प्राप्त नभएको उहाँले बताउनुभयो । कार्कीको शव लिस्बनस्थित मार्तिम मोनिजमा रहेको साओ जोशे अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)