Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1644




प्रदेश ४ मा संसदीय पत्रकार मञ्च , पर्वतका बिशन क्षेत्री सचिव
प्रदेश ४ मा संसदीय पत्रकार मञ्च , पर्वतका बिशन क्षेत्री सचिव


बैशाख २७ पर्वत । प्रदेश ४ मा संसदीय बिटमा समाचार लेख्दै आएका पत्रकारले संसदीय पत्रकार मञ्चको तदर्थ समिति गठन गरेका छन् ।


११ सदस्यीय समितिको अध्यक्षमा कान्तिपुर दैनिकका लालप्रसाद शर्मा, उपाध्यक्षमा दी हिमालयन टाइम्सका भरत कोइराला, सचिवमा नागरिक दैनिकका विशन क्षेत्री, कोषाध्यक्षमा नयाँ पत्रिका दैनिकका रोहितराज पराजुली, सहसचिवमा अनलाइखबर डट कमका अमृत सुवेदी चयन भएका छन् ।

सदस्यमा आर्दश समाज दैनिकका प्रकाश ढकाल, एपी वान टिभीका सागरराज तिमिल्सिना, गण्डकी टेलिभिजनका उमा आले, इमेज टिभीका प्रदीप पौडेल, सबैको आवाज साप्ताहिकका तारा चापागाईं र अनलाइनखबरका फोटो पत्रकार युनिश गुरुङ चयन भएका छन् ।


मञ्चको बुधबारै बसेको बैठकले मञ्चको दर्ता प्रक्रिया र विधान बनाउन केशवशरण लामिछानेको संयोजकत्वमा प्रकाश ढकाल र सचिव विशन क्षेत्री सदस्य रहेको विधान मस्यौदा समिति गठन गरेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)