Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1994




कार्यालय सहायकले प्रश्नपत्र ढाँटेपछि जेटिएको परीक्षा रोकियो
कार्यालय सहायकले प्रश्नपत्र ढाँटेपछि जेटिएको परीक्षा रोकियो

पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भएपछि परीक्षा नै स्थगित भएको छ । प्राविधिक शिक्षालयमा (कृषि प्राविधिक) जेटिएको प्रवेश परीक्षा गत मंगलबार तोकिएको थियो ।
परीक्षा लिदै गर्दा कार्यालय सहायकले प्रश्नपत्र बनाउने र आफै आउट गरेको पाएपछि रद्द गरिएको जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक हिमलाल लामिछानेले जानकारी दिए । ‘कार्यालय सहायकले सिटिइभिटिबाटै प्रश्न आएको बताएपछि विश्वास गरेका थियौ तर उता सम्पर्क गर्दा प्रश्नपत्र नै बनाएर नपठाएको खबर आयो’ लामिछानेले सारथीन्युजसँग भने–‘धाँधली हुन लागेको पाएपछि परीक्षा नै रद्द गरेका छौ ।’ उनले रद्द गरेको परीक्षा भोली (बुधबार)का लागि राखिएको पनि जानकारी दिएका छन् ।
कार्यालयले तोकेको अधिकृत प्रतिनिधिसहित प्राविधिक शिक्षालयका अध्यक्ष र सम्बन्धित बिद्यालयका प्राचार्य गरी तीन सदस्यीय समिति प्रवेश परीक्षाका लागि तोकिने ब्यवस्था रहेको छ । लामिछानेलाई शिक्षाले प्रतिनिधि तोकेर पठाएको हो । उनी त्यसक्षेत्र हेर्ने बिद्यालय निरिक्षक पनि हुन । परीक्षा सुचारु गरेको केही मिनेटमै कार्यालय सहायकबाट नक्कली काम भएको पुष्टि भएपछि आफुले धाँधली रोकेर परीक्षा स्थगित गरेको बताए ।
बिद्यालय निरिक्षक लामिछानेले आफ्नो मुख्य उद्देश्य भनेको प्राविधिक शिक्षालयमा सक्षम ब्यक्ति नै छनौट होस् भन्ने रहेको बताए । ‘धाँधली हुनबाट रोक्ने प्रयास गर्दा नकारात्मक आक्षेप लागेको छ’ उनले भने–‘केही ब्यक्तिले परीक्षा किन रोकिस् भनेर धम्की नै दिएका छन ।’
प्राविधिक शिक्षालयका ब्यवस्थापन समितिका अध्यक्ष रमेशबम मल्लले प्राविधिक शिक्षालयमा ४० जनाको कोटामा एक सय १० जनाको दरखास्त परेको र प्रवेश परीक्षामा कार्यालय सहायकबाटै गलत काम भएको पाएपछि सुचारु भएको परीक्षा पनि स्थगित गरेर बुधबारका लागि राखिएको बताए ।
प्रवेश परीक्षाको प्रश्नपत्र तीन सदस्यीय समिति वा सिटिइभिटीले बनाउने प्रावधान छ । तर, कार्यालय सहायकले प्रश्नपत्र सिलबन्दी भएर सिटिइभिटीबाट आएको दाबी गर्दै परीक्षा सुचारु गराएको शिक्षालयको भनाई छ । मंगलबार शिक्षा कार्यालयको प्रत्यक्ष निगरानीमा तीन सदस्यीय समितिले नयाँ प्रश्नपत्र तयार गरेको छ । स्थगित भएको परीक्षा बुधबार राखिएको छ ।

sarathinews

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)