Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2100




उद्योग वाणिज्य संघमा पदाधिकारी र सदस्य थपिए
उद्योग वाणिज्य संघमा पदाधिकारी र सदस्य थपिए

बैशाख २८, पर्वत । निर्वाचन सम्पन्न भएको डेढ महिनापछि पर्वत उद्योग वाणिज्य संघले पदाधिकारी चयन गरेको छ । संघको बिहिवार बसेको वोर्ड बैठकले कार्यसमितिमा पदाधिकारी चयन गरेको हो । 


बैठकले बरिष्ठ उपाध्याक्षमा गोपी अधिकारी, उद्योग उपाध्यक्षमा ठाकुर वि. पौडेल, वाणिज्य उपाध्यक्षमा कमलवहादुर जि.सी, महासचिवमा गणेश लामिछाने, कोषाध्यक्षमा रमेश लामिछाने, सचिवमा तिला गिरीे र कार्यसम्पादन समिति सदस्यमा सुनिल भुषाललाई चयन गरेको छ ।


त्यस्तै संघले गोपी अधिकारी,डासीराम अधिकारी र खड्कप्रसाद खनाललाई सदस्यमा मनोनित गरेको छ । गोपी अधिकारी यस भन्दा अगडीको कार्यकालमा बरिष्ठ उपध्याक्ष थिए । बैठकले मानआर्थ सदस्यमा पर्वतका पुराना व्यवसायी तथा आजिवन सदस्य देव शर्मालाई मनोनित गरेको छ । 


अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यसमितिको बैठकले विधान अनुसार सदस्य मनोनित गरेको जनाएको छ । 


साथै संघले उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने  निर्वाचन समिति, मतदाता, व्यवसायी,संघसंस्था,नागरिक समाज र संचारकर्मी सवैलाई धन्यवाद ज्ञापन गरेको जनाएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)