Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1755




कालीगण्डकी बहुद्देश्यीय परियोजना अघि बढाउने करिडोरका पालिकाहरुको निर्णय
कालीगण्डकी बहुद्देश्यीय परियोजना अघि बढाउने करिडोरका पालिकाहरुको निर्णय

बैशाख २८, पर्वत । कालिगण्डकी नदी करिडोरमा रहेका स्थानिय तहरु कालीगण्डकी बहुद्देश्यीय परियोजनालाई अघि बढाउन सहमत भएका छन । कालीगण्डकी करिडोर क्षेत्रका स्थानिय तहहरुको सम्बृद्धि र विकासको लागि कालीगण्डकी बहुउद्देश्यीय परियोजना अघि बढाउन सहमत भएका हुन ।


पर्वतको फलेवास नगरपालिका, कुस्मा नगरपालिका र विहादी गाउँपालिका, बाग्लुङको जैमिनी नगरपालिका र गुल्मीको कालिगण्डकी गाउँपालिकाले परियोजना अघि बढाउन संभाब्यताको अध्ययन र लगानीकर्ताको खोजी गर्न सहमत भएका हुन । फलेबास नगरपालिकाले आयोजना गरेको अन्तरपालिका संबाद कार्यक्रममा करिडोरका स्थानिय तहको आर्थिक सम्बृद्धिका लागि परियोजना सबैभन्दा महत्वपुर्ण हुने निष्कर्षमा पुगेको फलेबास नगरपालिका प्रमुख पदमपाणी शर्माले जानकारी दिए । ‘यो परियोजना अघि बढाउन सकेमा यस क्षेत्रको कायपलट गर्न सकिन्छ’ प्रमुख शर्माले भने ‘परियोजना अघि बढाउन स्थानिय तह लगानी र सहकार्यमा जान तयार छौ’ संघीय सरकार र लगानी बोर्ड लगायतका निकाय संग समन्वय गरेर यो परियोजनाका लागि श्रोत खोज्ने र यसलाई अघि बढाउन फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मालाई समन्वयको जिम्मा दिएका छन ।

बैठकमा करिडोरका जनप्रतिनिधि तथा कर्मचारी हरुको सहभागिता रहेको थियो । पर्वत, बाग्लुङ तथा गुल्मीको संगम स्थालको रुपमा रहेको सवैको साझ र बृहत सम्भावना बोकेको नदी भएकाले यसलाई अघि बढाउन आवश्यक भएको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले बताए ।


यसैगरी क्mार्यक्रममा अन्तरपालिका स्तरीय अनुभवहरुको आदन प्रदान गरी सामयिक र सामरीक सम्बन्धका योजनाहरुको संचालन आपसि समन्वय तथा सहकार्यद्धारा गर्ने निर्णय गरिएको छ । स्थानिय तह गठन भएर सिंहदरवारको अधिकार गाउँ गाउँमा पुगे पनि संविधानले उल्लेख गरेका स्थानीय सरकारको अधिकार क्षेत्रको संघिय सरकारवाट विबिन्न क्षेत्रहरुमा कटौति भएको भन्दै सो अधिकार क्षेत्रको पुर्ण प्रयोग स्थानिय सरकारलेनै गर्ने गरी सम्बन्धीत तहमा ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।


यसै गरि स्थानिय सरकारका ऐन, कानुन निमार्ण गर्दा आधारभुत मावदण्डहरु सवै पालिकाहरुको सहकार्यमा निमार्ण गर्ने जनाईएको छ । आगामि दिनमा अन्तरपालिका जोड्ने सडकहरुमा एकरुपता कायम हुने गरी मापदण्ड तयार गरिने र त्यस्ता सडकहरु निमार्ण तथा स्तरोन्वतिका लागि प्रदेश तथा संघिय सरकार समक्ष सिफारीस गर्ने निर्णय गरिएको छ ।-न्युज डबलीवाट

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)