Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1760




युनाइटेड मोदीको नाफा २० प्रतिशतले वृद्धि
युनाइटेड मोदीको नाफा २० प्रतिशतले वृद्धि

वैशाख २८, पर्वत । चैत मसान्तसम्ममा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको नाफा २० प्रतिशतले बढेर रू। ५ करोड ६४ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले रू। ४ करोड ६८ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी १७ प्रतिशतले बढेर रू। १ अर्ब १५ करोड पुगेको छ ।


कम्पनीले रिजर्भ कोषमा रू। ६ करोड १३ लाख छुट्याएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू। ४ दशमलव ९१, तरलता अनुपात ३ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू।१ सय ५ दशमलव ३४ रहेको छ ।

यस त्रैमासमा पानीको बहाव कम हुँदै जाने हुनाले अघिल्लो त्रैमासिक अवधिभन्दा कम विद्युत उत्पादन भई विद्युत विक्री बापतको आम्दानीमा कमी देखिएको छ । मोदी खोलामा पानीको प्रवाह सन्तोषजनक रहेकाले आगामी दिनमा आयोजनाबाट अपेक्षा अनुसारको उत्पादन हुनेमा कम्पनी आशावादी रहेको कम्पनीले प्राकाशित वित्तीय विवरणमा उल्लेख छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)