Correspondent, ParbatNepal
8 years ago
1514
बैशाख २९, कुश्मा । पर्वतको कुश्मा नगरपालिका ८ दोविल्लामा शुक्रवार दिउँसो यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परी बसमा सवार २५ जना यात्रु मध्ये १६ जना यात्रु घाइते भएका छन् ।
बागलुङदेखि पोखरा तर्फ जाँदै गरेको ना ३ ख ७७४० नम्बरको यात्रुबहाक बस पोखरा बागलुङ राजमार्गको दोविल्ला खण्डमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी घाइते हुनेहरुमा अधिकांश बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाका यात्रुहरु रहेका छन् भने कास्की, तनहुँ, पर्वत लगायतका यात्रुपनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाईते हुनेमा बागलुङ नगरपालिका १२ का सन्तु हमाल, कुश्मा नगरपालिका ४ का दिलिप यादव, बागलुङको जैमिनी नगरपालिका ७ का टिकादेवि के.सी., बागलुङको जैमिनी नगरपालिका १ दलबहादुर थापा, बागलुङको जैमिनी नगरपालिका ७ का रिता राना, बागलुङको जैमिनी नगरपालिका ७ कै जालिका राना, सुर्खेतको दुर्गाकोट गाउँपालिकाका हरिकला श्रीस, पर्वतको कुश्मा नगरपालिका १० का लक्ष्मी पौडेल, बागलुङ नगरपालिका ४ का दिपा थापा रहनुभएको छ ।
यस्तै तनहुँको म्याग्दे गाउँपालिका ४ का मदन थापा, कुश्मा नगरपालिका ५ का कल्पना सुनार, कुश्मानगरपालिका ६ का कृति सुनार, बागलुङ्ग नगरपालिका २ का शेरबहादुर कुँवर, कुश्मा नगरपालिका १० की पार्वती उपाध्यय ,बागलुङ नगरपालिका १३ का उमादेबी रेग्मी र बागलुङको जैमिनी नगरपालिका १ का दोण खड्का घाईते हुनुभएको छ ।
