Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1776




समाचार संकलनमा रोक लगाइएकोमा पत्रकार महासंघद्वारा भत्र्सना
समाचार संकलनमा रोक लगाइएकोमा पत्रकार महासंघद्वारा भत्र्सना

बैशाख ३०, पर्वत । नेपाल पत्रकार महासंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सञ्चामाध्यमलाई समाचार संकलनमा रोक लगाइएकोमा भत्र्सना गरेको छ ।


दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी शनिबार विहान मुक्तिनाथको दर्शनका क्रममा तथा काठमाडौं महानगरपालिकाले आयोजना गरेको मोदीको अभिनन्दन समारोहमा पनि सञ्चारकर्मीलाई समाचार संकलन गर्न रोक लगाइएकोमा महासँघले भत्र्सना गरेको हो । 


यी घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासँघले जनाएको छ । मुक्तिनाथको समाचार संकलनका लागि पर्यटन मन्त्रालयले विशेष पासको व्यवस्था गरेपनि ती पास लिएका सञ्चारकर्मीलाई पनि समाचार संकलनमा रोक लगाइएको थियो । यो घटनाले सरकार प्रेसमाथि कति उदार छ भन्ने थप प्रष्ट्याएको महासँघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा उल्लेख छ । 


‘नागरिकलाई सुसूचित गराउने संवैधानिक जिम्मेवारी वहन गर्न खटिएका सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउनु र अवरोध सृजना गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’  विज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)