Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1553




एक लाखलाई रोजगारी दिन्छु - वन मन्त्री
एक लाखलाई रोजगारी दिन्छु - वन  मन्त्री

बैशाख २९, पर्वत ।  वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले एक वर्षभित्रमा वन क्षेत्रबाट मात्रै कम्तीमा एक लाख जनालाई रोजगारी दिने बताउनु भएको छ ।


बर्दियाको ठाकुरबाबा नगरपालिका–५ गोबिन्दपुर गाउँमा आइतबार आयोजना गरिएको होमस्टे उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वन क्षेत्रको सदुपयोग गर्दै जनाताको आयस्रोत बढाउन एक लाख जनालाई रोजगारी दिने बताउनु भएको हो ।


बस्नेतले वन्यजन्तुबाट पीडितलाई राहत क्षतिपुर्ति सहज बनाउन र रकम बढाउन प्रयास गरिरहेको समेत बताउनु भयो । 


होमस्टेमा आउने पाहुनाका लागि स्थानीय थारु परिकासँगै लोकल कखुरा सहितको खाना, सुरक्षित बास, थारु कला संस्कृति, उदाहणीय वन अवलोकनसँगै निलगाई, चित्तललगायतका वन्यजन्तुको अवलोकन, पोखरीमा माछा मार्न पाइनेलगायतका आकर्षक सुविधा रहने होमस्टे संचालक समितिका अध्यक्ष वीरबहादुर कुश्माले जानकारी दिनुभयो ।


कार्यक्रममा वनमन्त्री शक्तिबहादुर बस्नेतसँगै प्रदेश सांसद तिलक शर्मा हिमाल, प्रदेश सभा सांसद लौटी थारु, पूर्व वाणिज्य राज्यमज्त्री विष्णु प्रसाद चौधरी, ठाकुरबाबा नगरप्रमुख घननारायण श्रेष्ठ, उपप्रमुख कृष्णा कुश्मा थारु, ५ नम्बर वडाध्यक्ष गंगाराम जैसीलगायतको उपस्थिति थियो ।


बर्दियामा यसअघि जैविकमार्ग होमस्टे डल्ला, जनकनगर होमस्टे, सतखलुवा होमस्टे आदि संचालनमा छन् । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)