Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1669




आज र भोलि देशभर मौसममा बदली
आज र भोलि देशभर मौसममा बदली

बैशाख ३०, पर्वत । पूर्वमा बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि उपत्यकालगायत धेरै ठाउँको मौसम बदली भएको छ ।


यसको प्रभावले आज र भोलि देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । ुउपत्यकालगायत देशका  विभिन्न भूभागमा वर्षा हुन्छ । केहीबेर वर्षा भए पनि लामो समयसम्म भने हुँदैन ।ु मौसमविद् रिमालले भन्नुभयो । 


उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा बदली हुनेछ । मौसम एकैछिन खुले पनि फेरि बदली हुनेछ र यो क्रम एकदुई दिन चल्ने देखिन्छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)