Correspondent, ParbatNepal
8 years ago
1891
रोशन तिवारी - महाशिला गाउँपालिका २ (साबिकको भोक्सिङ–५) का जीतबहादुर गुरुङ (६८) २००९ मा भारतिय सेनाबाट अवकासपछि गाउँ फर्किए । २६ वर्ष भारतिय सेनामा कार्यरत उनका जेठा छोरा–बुहारी सपरिवार अमेरिका छन् । काठमाण्डौं र पोखरामा दुइवटा घर जोडेका छन् । अहिले पनि मासिक ४५ हजार पेन्सन आउँछ । तर, गुरुङ विगत ७ वर्षदेखि गाउँको एक्लो घर कुरिरहेका छन् । पुस्तौनी ३१ रोपनी बारीमा आफैले रोपेका साढे चार सय सुन्तलाका बोट स्याहार्न पाउँदा उनलाई आफ्नै छोराछोरी स्याहारेजस्तो लाग्छ । छोराबुहारी र श्रीमतीले मरिहत्ते गर्दा पनि उनले गाउँ छोड्न सकेका छैनन् ।
घरको आागनमा उभिएका उनले हातको पाली बनाएर दुख पोख्दै भने,‘कान्छो छोरा कतार गएको उतै मृगौला फेल भएर फर्कियो । अहिले पोखरामा डायलासिस भइरहेको छ । बुढीमाउ पनि उसैको स्याहारमा गइन् ।,’ गुरुङले न्यास्रो मान्दै पारिवारिक अवस्था सुनाए, ‘मलाई छोराछोरी र शहरको करोडौं सम्पती भन्दा यिनै सुन्तलाका बोट र बाबुले बनाएको छाप्रो प्यारो छ ।’
साविकको गाविस कार्यालयसम्म कच्चि मोटरबाटो पुगेपनि गुरुङ बस्तीसम्म ट्रयाक नखुल्दा हिउँदमा लटरम्म पाकेका सुन्तला कौडीको भाउमा बेच्नुपर्छ । ‘गएको माघमा किलोको १५ का दरले बिक्रि गर्नुप¥यो । ठेकदारले नै बाटो खुलेकोभए ५ लाखका छन् भन्थ्यो । एक लाखमा ठेक्कै दिएं ।’ उनले गुनासो गरे । करिव एक घण्टा बोक्नुपर्दा ढुवानीमै मुल्य सकिएको उनले बताए ।
साबिकमा ६७ परिवार गुरुङ परिवारको बसोबास रहेको यो गाउँमा दुइ दशकयता घर छोड्नेको संख्या दिन दुगुणा–रात चौगुणाका दरले बढ्यो । ‘अहिले नियमित बस्ने १४ घर मात्रै छन्,’ स्थानीय दिपक गुरुङले भने, ‘पोखरा–काठमाण्डौंमा घर नहुनेहरु मात्रै यहाँ बस्छन्, बाँकी सबै उतै सरे ।’ यहाँका अधिकांस पाका उमेरका बृद्धहरु भारतिय सेनामा कार्यरत थिए । केहि ब्रिटिस र अमेरिकी सेनामा पनि । उतिबेला भर्ति हुन नगएका एकाध परिवार मात्रै गाउँ छोडेर बाहिर जान सकेनन् । काठमाण्डौंमा स्वीमिङपुल सहितको सुविधासम्पन्न घर भएका दिपक गतवर्ष गाउँ फर्केर बाख्रापालनमा लागेका छन् । उनको अहिलेको दैनिकी बाख्रागोठालो नै हो । ‘एकजना सहयोगी राखेको छु,’ उनले भने, ‘शहरको धुवाँधुलोभन्दा यहिंको पाखापखेरो प्यारो लागेर फर्केको हुँ ।’ परिवार काठमाण्डौंमै छोडेर यहाँ बस्दै आएका उनि वर्ष्दिनमा एकपटक मात्रै काठमाण्डौं पुगे । सातादिनमै फर्किए ।
यो गाउँबासिलाइ गाउँपालिकाको केन्द्र पुग्न एक घण्टा लाग्छ । अहिले गाउँको मुख्य बस्तीसम्म मोटर पुगेको छ । ‘एक वर्षसम्ममा सबैले पैसा उठाएर भएपनि बस्तीबस्तीमा मोटरबाटो र्पुयाउने हो,’ स्थानीय अगुवा नारायण गुरुङले भने, ‘यहाँ बाख्रापालन, आलु, सुन्तला, अलैंची, टिमुरको राम्रो सम्भावना छ । बाटो भए बिक्रिको समस्या हुन्न । उत्पादन गर्नेलाई जाँगर चल्छ ।’ हिजो दिनभर लगाएर सदरमुकाम पुग्नुपर्ने बाध्यता अब छैन । गाउँपालिकाको केन्द्रमै सदरमुकामका सेवा पाइने भएपछि स्थानीयमा खुशी छाएको छ । स्थानीय चुनावपछि छानिने जनप्रतिनिधिले गाउँको विकास गर्नेमा ढुक्क छन् । ‘यहाँ भएका सम्भावनाको परिचालन गरेमात्रै धेरै विकास हुन्छ,’ जितबहादुरले भने, ‘गाउँ छोडेका मात्रै फर्किएभने सम्भावना धेरै छन् ।’ जितबहादुर लगायत यहाँ बस्नेहरुलाई अब एउटै चिन्ता छ, ‘ गाउामा सिाह दरबार आउने भन्थे दरबार त आएको छैन सिाह चाहिा आईसकेका छन् । अव के गाउँ छोडेकाहरु फर्किन्छन् त ?’
समुद्र सतहदेखि ९ सय बाट शुरु हुने यो गाउँको उचाई माथिल्लो भेगमा २३ सय मिटर सम्म पर्छ । कृषि प्राविधिकका अनुसार यहाँ सुन्तला, आलु, अलैंची, टिमुर र बाख्रापालनको प्रचुर सम्भावना छ । युवालाई गाउँ फर्काउन यहाँका पुर्वलाहुरेले पाँचसय रोपनी जंगलमा अलैंची खेती शुरु गरेका छन् । ४ वर्षअघि शुरु गरेको अलैंचीले अहिले जंगलै ढाकेको छ । ‘अबको ४ वर्षमा दुइहजार रोपनीमा बिस्तार गर्ने लक्ष्य छ,’ स्थानीय मिलन गुरुङले भने, ‘त्यसपछि वार्षिक ६ करोडबढीको अलैंची फल्छ ।’ अहिले गाउँको करिव ७० प्रतिशत खेतियोग्य जमिन बाँझै छ । ‘सबै शहर च्यापे । जग्गाजमिन बाँझै छ । जंगल भरियो ।’ मिलनले भने । आवादी जंगलमा रोपेको अलैंचीले गतवर्षदेखि नै फल दिन शुरु गरेको छ । अलैंचीले अहिले १५ जनालाई रोजगारी दिएको छ । यो वर्ष करिव एक लाख बिरुवा थप्ने योजना बनाएका छन् ।
चुनावपछि सदरमुकामका सबै सुविधा गाउँमै पाइनेमा ढुक्क भएका गाउँलेहरु नागरिकता लिन अझै सदरमुकाम जानपर्दा दुखी छन् । सदरमुकाम नागरिकता लिन जाादा र फर्किादा नै दुई दिन बित्छ । गाउाले हरु अव गाउाको बाटो कालोपत्रे हुने चुनावमा भोट माग्न आएका नेताहरुले भनेको कुरामा आाशित बिश्वास मात्रै गर्न सक्छन् । ‘सडक कालोपत्रे, गुणस्तरिय पढाई र सहज उपचार भए सबै फर्किन्छन्,’ स्थानीय बीरबहादुर गुरुङले भने, ‘शहर च्यापेकाहरु शिक्षा र स्वास्थ्यकै खोजीमा गाउँ छोडेका हुन् ।’ युवालाई रोजगार र कृषिमा आधुनिकिकरणका सम्भावना अधिक भएर पनि सुविधा खोज्दै गाउँ छोडेकाहरुलाई फर्काउनु यहाँको मुख्य चुनौती हो । सम्भावना भएर पनि नयाँ पुस्ताले अवसर नपाएपछि गाउँ छोड्ने दर बढेको हो । गाउँमा बस्नेहरुले बाचा पुरा नगरे नेतालाई अर्को पटक भोट नदिने बताएका छन् । राष्टिय सभाको अध्यक्ष पाएको पर्वतले २ जना साँसदलाई प्रतिनिधीसभामा पठाएको छ भने प्रदेश ४ को सभामुख समेत पाएको छ । ५ जना प्रदेश साँसद समेत रहेका छ । यो बेला पनि पर्वतले बिकास नगर्ने हो कुनै जुनिमा नगर्ने भोक्सिङबासी बताउँछन् । स्थानीय सरकारले अहिलेसम्म अलमलमै दिन गुजारेकोले अव जनताका काम धमाधम गर्न भोक्सिङबासीले आग्रह गरेका छन् ।
