Correspondent, ParbatNepal
8 years ago
4839
बैशाख ३१, पर्वत ।। नेपाल शिक्षक संघ पर्वतको २९ औँ स्थापना दिवसको तथा २० औँ जिल्ला प्रतिनिधी सभा एवम् शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । ‘शिक्षको मर्यादित पेशा, विद्यार्थीलाई जीवन उपयोगी शिक्षा’ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
पर्वतको कुश्मामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गदै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले शिक्षकहरु पेशागत मर्यादा र कर्तव्यबाट बिचलित बन्न नहुने सल्लाह दिनुभयो । उहाँले यो सरकारले राज्यव्यवस्थामा रहँदासम्म शिक्षामा परवर्तन हुन नसक्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भुषालले शिक्षा क्षेत्रलाई सुधार गर्न र शिक्षकहरुका जायज माग पूरा गर्न शिक्षक एकता जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वत पूर्व सभापती नवराज गुरुङ, नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष बसन्तबहादुर सिके, नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकास प्रसाई, नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य गंगाधर तिवारी,कुश्मा नगरपालिकाका शिक्षा शाखा अधिकृत राजेन्द्रवहादुर क्षेत्री, नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष मुरारी शर्मा, कुलप्रसाद उपाध्याय, डाक्टर चुडामणि शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नम्वर ४ का महिला सहसचिव पार्वती उपाध्याय, नेपाल शिक्षक संघ प्रदेश नम्वर ४ का सदस्य विनोद सुवेदी, नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी,गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा, शिक्षक युनियनका पूर्व सचिव बालकृष्ण बास्तोला, नेपाल शिक्षक संघ पर्वतका पूर्व सचिव मोतीप्रसाद च्वाई, नेपाल शिक्षक संघ पर्वतका उपाध्याक्ष गोविन्दप्रसाद पोखरेल, नेपाल शिक्षक संघ फलेवास नगरपालिकाका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, कुश्मा नगरपालिका अध्यक्ष बालकृष्ण शर्मा, अर्मादी प्राविका शिक्षक महेन्द्रकुमार जोशी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक संघका महिला उपाध्याक्ष राधाकुमारी शर्मा र कार्यक्रमको सञ्चालन शिक्षक संघ पर्वतका सचिव यज्ञ बास्तोलाले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघमा अविच्छिन रुपमा क्रियाशिल रहि निष्ठापूर्वक कार्य सम्पादक निबृत्त ४८ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
