Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2047




सुवेदी बन्धुहरुको प्रथम जिल्ला भेला
सुवेदी बन्धुहरुको प्रथम जिल्ला भेला

बैशाख ३१, पर्वत ।  पर्वतमा रहेका सुवेदी बन्धुहरुको प्रथम जिल्ला भेला कुश्मामा सम्पन्न भएको छ । भेलालाई सम्वोधन गदै कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय कुलाधिपती प्रोफेसर. डाक्टर राजेन्द्र सुवेदीले सुवेदी बन्धुहरु हक हितका लागि सबै सँग मिलेर काम गर्ने सुझाव दिनुभयो ।

उहाँले अधिकार प्राप्तीका लागि मात्र नभई सामजिक सेवामा पनि तत्पारता देखाउन आग्रह गर्नुभयो । कार्यक्रममा सहकुलाधिपती प्रेमप्रसाद सुवेदी पूर्व महासचिव तथा बंशवाली संकलन अभियानका अभियान्ता प्रा.डा.राजाराम सुवेदी, सुकल्पका मध्येमाञ्चलका प्रमुख दण्डपानी सुवेदी, केन्द्रय सदस्य रामचन्द्र सुवेदी आत्रे गोत्रिय पौडेल समाजका जिल्ला अध्यक्ष दोर्णराज पौडेल, सुवेदी बन्धु जिल्ला कार्य समितिका सदस्य कुलप्रसाद सुवेदी र  ध्रुर्वप्रसाद सुवेदी लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । 

सुवेदी कल्याण प्रतिष्ठानका जिल्ला अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य मेघनाथ सुवेदी र कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको धन्यवाद मन्तव्य जिल्ला सदस्य विनोद सुवेदीले गर्नुभएको थियो ।

साथै आज बसेको बैठकले जिल्लाका सातैवटा तहमा उप–समितिहरु गठन गरी सुकल्पको संस्थागत विकास गर्नुका साथै सुवेदीहरुको बंशावली तयार गर्ने निर्णय गरेको छ । कार्यक्रममा प्रतिवेदन अध्यक्ष बाबुराम सुवेदीले प्रस्तुत गर्नुभएको थियो ।

साथै भेलाले विभिन्न व्यक्तिहरुलाई कार्यसमितिमा चयन गरेको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)