Correspondent, ParbatNepal
8 years ago
2462
पर्वत–सामजिक कार्य गर्ने उद्देश्यको साथ पर्वतमा गठन भएको पर्वत सेवा समाज नेपालको नयाँ कार्य समिति गठन भएको छ । समाजले पुन ः मुना भुषालको अध्यक्षतामा ११ सदस्यी कार्य समिति सहितको समाज गठन गरिएको हो । रोजगारीको शिलशिलामा ईजराल लगयतका विभिन्न देशमा पुगेका नेपालीहरुले जन्मथलोमा केही गर्नको लागि समाज गठन गरिएको बताईएको छ । ‘जन्मभूमिका लागि केही गरौ’ँ भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाले सामजिक रुपमा विभिन्न सेवा मुलक काम गदै आएको छ ।
सामजिक रुपमा निस्वार्थ भावनाले काम गर्ने उद्देश्यले समाजको गठन गरिएको हो । समाजले स्थानीयस्तरमा सामाजिक भूमिका खेल्ने जनाइएको छ । समाज पर्वतबाट सञ्चालन हुनेछ । पर्वतको कुश्मामा शुक्रवार बसेको भेलाले अध्यक्षमा पुन ः भुषाललाई चयन गरेको हो । उपाध्यक्षमा गणेशवहादुर क्षेत्री, सचिवमा थमनारायण पौडेल, सह–सचिवमा किशोर क्षेत्री,कोषाध्यक्षमा मुना शर्मा लामिछाने, सदस्यहरुमा राजु पौडेल, अच्छुत तिवारी, दिनेश ढकाल,माधव पौडेल, नवराज भण्डारी रहनु भएको छ ।
कार्यक्रममा पर्वत सेवा समाज नेपालका संस्थापक राज क्षेत्रीको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मुना भुषालले रोजगारीको शिलशिलामा इजरालमा रहेका नागरिकहरुवाट सञ्चालित संस्था भएकाले संस्थाका गतिविधीलाई प्रभावकारी ढंगले अगडी बढाउने बताउनु भयो । पर्वत सेवा समाज बिशुद्ध सामजिक संस्था भएकाले यसले सामजिक काम गर्ने उहाँको भनाई छ ।
अध्यक्ष मुना भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गणेशवहादुर क्षेत्री र कार्यक्रमको सञ्चालन निर्वतमान सचिव शिवराज शर्माले गर्नुभएको थियो ।
