Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1638




पर्वतको पैयूमा नेकपाको पालिका स्तरीय कार्यालय स्थापना
पर्वतको पैयूमा नेकपाको पालिका स्तरीय कार्यालय स्थापना

बैशाख ७, पर्वत । पर्वतको पैयू गााँउपालिकामा नेपाल कम्युनिष्ट पार्टीको पालिका स्तरीय कार्यालय स्थापना भएको छ । पर्वत जिल्लाका सात स्थानीय तह मध्ये जिल्लामा नै पहिलोपटक पैयू गाउँपालिकामा नेकपाको कार्यालय स्थापना भएको हो । 

नेकपा एमाले र माओवादी केन्द्रको एकिकरण भए लगत्तै स्थानीय दुई राजनीतिक दलहरुको आयोजनामा बृहत आमसभा सञ्चालन गरी गाउँपालिका स्तरीय कार्यालय खडा गरिएको हो । 

हालै पैयू गाँउपालिकामा आयोजित एक कार्यक्रमका बीच कार्यालय स्थापना गरिएको स्थानीय एमाले नेता महेन्दकुमार श्रेष्ठले जानकारी दिए । उक्त कार्यालयको नेपाल कम्युनिष्ट पार्टिका नेता उमाकान्त सुवेदी र जय नारायण तिवारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । केन्द्रीय स्तरमा पार्टी एकिकरण भएपछि गाउँ तथा स्थानीय तहमा समेत पार्टी समायोजनमा आफै लाग्नुपर्छ भन्ने सन्देश दिन गाउँ पालिका स्तरीय कार्यालय खडा गरिएको नेता उमाकान्त सुवेदीले बताए । 

उमाकान्त सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त सभामा जिल्ला समन्वय समिति पर्वतकी उपप्रमुख यामकुमारी रानाले पर्वतको समग्र विकासका निम्ति स्थानीय तहले सञ्चालन गरेका सम्पूर्ण विकास निर्माणका कामहरुलाई सहज रुपमा सञ्चालन गरी सम्पन्न गराउन र मुलुकलाई परिवर्तनको आभास दिलाउन नेकपाले भुमिका खेल्नुपर्ने बताएकी थिइन् । नेकपाका नेता जयनारायण तिवारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत  पुण्य प्रसाद आचार्र्यले गरेका थिए । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)