Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1603




अब जिल्ला तहमा ६ वटा कार्यालय मात्र
अब जिल्ला तहमा ६ वटा कार्यालय मात्र

बैशाख ७, पर्वत । अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् । 


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधानअनुसार संघद्वारा सञ्चालित छ वटामात्र जिल्ला कार्यालय रहने बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय मात्र रहनेछ । 


जिल्ला तहमा रहेका अन्य कार्यालय स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले ती कार्यालय स्थानीय सरकारअन्तर्गत हुने भएका छन् । ती छवटा कार्यालयबाहेक अन्य कार्यालय स्थानीय तहअन्तर्गत मन्त्रालयले निर्देशनसमेत दिइसकेको छ । 


प्रवक्ता अधिकारीले हाललाई जिल्ला मालपोत र जिल्ला नापी कार्यालय जिल्ला तहमा रहेपछि स्थानीय तहको अधिकारमा जाने बताउनुभयो । ‘अहिले स्थानीय तहले जग्गासम्बन्धी काम गर्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘त्यसैले तत्कालका लागि केन्द्र सरकारअन्तर्गत रहे पनि पछि स्थानीय सरकार मातहतमा जान्छन् ।’


उहाँले जिल्लामा रहने कार्यालयलाई यथास्थितिमा सञ्चालन हुनेसमेत जानकारी गराउनुभयो । पहिले करीब ३० वटा जिल्ला कार्यालय रहेका थिए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)