Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1775




पर्वत महोत्सवमा ६० लाख बचत
पर्वत महोत्सवमा ६० लाख बचत

सङ्घले आयोजना गरेको १० दिने ‘पाँचौं पश्चिमाञ्चल क्षेत्रीय, औद्योगिक व्यापार मेला’मा कुल १ करोड १७ लाख १२ हजार रुपैयाँ आम्दानी भएको थियो । आम्दानीमध्ये ८९ लाख ८३ हजार उठिसकेको र २७ लाख २८ हजार रुपैयाँ उठ्न बाँकी रहेको बताइएको छ ।

महोत्सवमा रू. ५७ लाख ६४ हजार खर्च भएको सङ्घले जानकारी दिएको छ । सङ्घले स्टल निर्माण, मञ्च व्यवस्थापन, अतिथि सम्मान, कलाकार, पत्रपत्रिका, रेडियो तथा अन्य प्रचारप्रसार, होटल, टिकट, बजार साजसज्जा, विद्युत्, जेनेरेटर, स्टेशनरी, बाजागाजा–वाद्यवादन, फूलमाला, साउण्ड सिष्टम, सुरक्षा र विभिन्न विधाका पुरस्कारलगायतमा सो खर्च भएको बताएको हो । सङ्घले यसअघि आयोजना गरेका महोत्सवभन्दा यसपटक धेरै रकम बचत गर्न सफल भएको अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए ।

महोत्सव पर्यटकीय क्षेत्रको प्रवर्द्धन, ऐतिहासिक स्थलको प्रचारप्रसार, जिल्लामा उत्पादित वस्तुको प्रवर्द्धन, लोक संस्कृतिको संरक्षण, स्थानीय उत्पादन उद्योग, व्यापार र व्यवसायको विस्तार गर्दै प्रदेश नं ४ को मुख्य पर्यटकीय नगरीअन्तर्गत कुश्मा बजारलाई पनि स्थापित गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)