Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1670




मुस्मिल चाडको विदा कटौती गरेकोमा विरोध
मुस्मिल चाडको विदा कटौती गरेकोमा विरोध

बैशाख ८, पर्वत । नेपाल मुस्मिल संघले आफुहरुको पर्व कटौती गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वत मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । 

संघले आफूहरुको पर्वमा विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले आफूहरुको पहिचानसमेत मेटाउने ढंगले विदा कटौती गर्ने निर्णय लिएपछि फिर्ता लिन ज्ञापन पत्र बुझाएको संघका केन्द्रिय सदस्य सनम बेगमले जानकारी दिनुभयो ।

उहाँले आफूहरुको पर्वमा विदा कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउनुपरेको स्पष्ट पार्नुभयो ।


सोमवार प्रमुख जिल्ला अधिकारी गुरुप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको विदा कटौती गर्ने निर्णयमा पुनर्विचारका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।

संघले संवैधानिक व्यवस्थाअनुसार समावेशी सिद्धान्तका आधारमा मदर्सा शिक्षालाई व्यवस्थित गर्न राष्ट्रिय मदर्सा बोर्ड तत्काल गठन गर्न पनि सरकारसँग माग गरेको छ ।

मुस्लिम आयोगलाई क्रियाशील बनाउन पनि माग गरिएको संघद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)