Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1494




पोखरा हिँडेको ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि
पोखरा हिँडेको ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि

बैशाख ८, पर्वत । कटिङ ढुङगा अबैध तरिकाले निकासी गर्ने बिरुद्ध प्रहरीले कारबाहि गरेको छ । पर्वतबाट पोखरा तर्फ लाँदै गरेको अवस्थामा ट्रक सहित पर्वत प्रहरीले नियन्त्रणमा लिइएको छ ।


ना ७ ख १८१७ र लु २ ख ९५३ नम्वरको ट्रकमा अवैध रुपमा कटिङ ढुङगाका पिसहरु म्याग्दी वाट पोखरा लैजादै गरेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात कारवाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय पर्वतमा पठाईएकोमा उक्त कार्यालयले निज सवारी साधनहरु उपर ३०,०००। जरिवाना तिराएको छ ।


यस्तै कालिगण्डकी नदिमा अवैध रुपमा नदि जन्य पदार्थ उत्खनन तथा संकलन गरिरेको वखत बा १ क ५२९९ नम्वरको स्काईभेटर र ग १ ख ५८४० र ग १ ख ८१०७ नम्वरका २ वटा टिपरलाई जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात कारवाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय पर्वतमा पठाईएको र कार्यालयले ति सवारी साधनहरु उपर ५५,०००। जरिवाना तिराएको छ । प्रहरीले पछिल्लो समय अबैध कारोबारमा निगरानी बढाएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)