Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1742




दलित समुदायको बत्ती बाल्ने अधुरो सपना पुरा
दलित समुदायको बत्ती बाल्ने अधुरो सपना पुरा


जेष्ठ ९,पर्वत  । लामो समयदेखी अन्धकारमा बस्दै आएका यहाँका अति विपन्न दलित समुदायका नागरिकहरुलाई विद्युतीय सामग्री वितरण गरेको छ । बागलुङको जैमुनी नगरपालिका–७ जैदीका बुधवार एक कार्यक्रमको आयोजना गरि अति विपन्न दलित समुदायका १८ घरधुरीलाई विद्युतीय सामग्री वितरण गरिएको हो । वडा सदस्य केन्द्र रसाईलीको पहल र नेपाल विद्युत प्राधिकरण बागलुङको सहयोगमा मिटर, एउटा बकस,एउटा एम।सी।वि, ३० मिटरको दरले ससामग्री वितरण गरिएको हो । वडा सदस्य केन्द्र रसाईलीले दलित समुदायको आवश्यकता र पहिचानलाई मध्येनजर गरेर सामग्री वितरण गरिएको जानकारी दिए । उनका अनुसार समुदायमा अति विपन्न भई लामो समयदेखी अन्धकारमा बस्न बाध्य भएका १८ घरधुरीलाई विद्युतीय सामग्री वितरण गरिएको हो । वडा कार्यालयले लक्षित बर्गको कार्यक्रम अनुसार सामग्री वितरण गरेको रसाईलीले जानकारी दिए । विद्युतीय सामग्री वडा अध्यक्ष जितवहादुर राना, वडा सदस्य केन्द्र रसाईली,कुमारी थापा राना र विमला सुनार लगायत सयौको उपस्थिती रहेको थियो । वडा अध्यक्ष जितवहादुर रानाले दलित समुदायको आत्मबल बढाउन वडाले विभिन्न काम गर्ने बताए । उनले विकास निर्माण सँगै वडा कार्यालयले समुदायको पछि परेका बर्गको निम्ती काम गर्न उद्घोष गरे ।


कार्यक्रममा बौल्दै दलित वडा सदस्य केन्द्र रसाईलीले जिवनमा धेरै काम गरेको भएपनि आज वास्तविक दलित समुदायका निम्ती काम गर्दा खुशी भएको बताए । साथै उहाँले आफ्नो सम्पूर्ण जिवन दलित तथा पछाडी परेका बर्गहरुको उत्थानका लागि खर्च गर्ने बताए । प्राविधिक कारणले गर्दा आजसम्म उज्यालै बनाउन सकिएको थिएन, उनले भने ‘अधुरो काम पुरा गर्न पाउँदा खुशी लागेको छ ।’ साथै उनले विद्युत प्राधिकरणलाई धन्यवाद दिँदै अव कसैको घर अन्धकार नहुने दावी गरे । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)