Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1520




आश्रम बनाउन ४० लाखको जग्गादान
आश्रम बनाउन ४० लाखको जग्गादान

जेठ ११ पर्वत । जेष्ठ नागरिकहरुको मिलन भवन निर्माण गर्न पर्वतका एकजना ज्येष्ठ नागरिकले ४० लाख मूल्य बराबरको जग्गा निशुल्क प्रदान गरेका छन् । पर्वतको कुश्मा–७ खरेहामा बनाउने भनिएको भवनको लागि स्थानीय ६६ बर्षीय महानन्द शर्माले तीन आना तीन दाम क्षेत्रफल भएको जग्गा ज्येष्ठ नागरिक मिलन समाजका नाममा पास गरेर जग्गाको लालपुर्जा समाजका अध्यक्ष तीर्थनाथ शर्मालाई दिएका हुन् ।

जिल्ला वन कार्यालय पर्वतका पूर्वकर्मचारी समेत रहेका शर्माले आफू पनि वृद्ध बन्दै गइसकेको र नयाँ पुस्तामा धार्मिक संस्कार हराइसकेको भन्दै असल संस्कारको विकास गर्न पनि आफूले उक्त जग्गा भवन निर्माणको लागि समाजलाई प्रदान गरेको उनको भनाइ छ । 

लालपुर्जा बुझ्दै अध्यक्ष शर्माले दाताको मर्मअनुरूपको संरचना तयार पारेर जग्गाको अधिकतम सदुपयोग गर्ने बताए। भवनको निर्माण भएपछि काम गर्न नसक्ने अवस्थामा घरमा एक्लै बस्ने गरेका ज्येष्ठ नागरिकहरु सोही भवनमा जम्मा भएर आफ्नो पुस्ताका बीचमा विभिन्न विषयमा गफिन पाउनेछन् ।

सोही वडाका वडाध्यक्ष सुवास पौडेलले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमअन्तर्गत भवन निर्माणको लागि बजेटको प्रबन्ध गर्ने बताउँदै जमिनको अभाव हुने सदरमुकाममा दाताले निशुल्क जग्गा दान गर्नु महान् कार्य भएको बताए ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)