Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1942




गर्भपतन गर्न नमाने पछि छिस्तीकी कमला शर्मालाई हत्या गर्ने प्रेमी विक्रमलाई जन्म कैद !
गर्भपतन गर्न नमाने पछि छिस्तीकी कमला शर्मालाई हत्या गर्ने प्रेमी विक्रमलाई जन्म कैद !

जेठ ११, पर्वत । केहि महिना अघि प्रेमीव्दारा गुल्मी र पर्वतको सिमानामा पर्ने कालीगण्डकी नदीमा हत्या गरी फालिएकी युवतीका हत्यारा प्रेमीलाई आज सर्वस्व सहित जन्म कैदको सजाएँको फैसला भएको छ ।


२०७४ साल माघ १७ गते साँझ बागलुङ्को जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्ती निवासी २२ वर्षिया कमला शर्मालाई गला रेटेर हत्या गरी कालीगण्डकीमा फाल्ने पर्वत जिल्ला विहादी गाउँपालिका वडा नम्वर २ का २३ वर्षिय विक्रम भनेर चिनिने प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको हो ।


लामो समय देखि विवाहको प्रलोभन देखाउँदै प्रेम सम्वन्ध राख्दै शर्माको अस्मीता संग खेलबाड गर्दै आएका विक्रमले प्रेमीका शर्माले गर्भपतन गराउन नमाने पछि कालीगण्डकी नदीमा हत्या गरी फालेको उति वेलै स्वीकार गरेका थिए । माघ ५ गते गुल्मीको पुर्तिघाट वजारमा घुम्न आउ भन्दै बोलाएर हिडेकी शर्मा घरमा पेट दुखेको छ औषधी खान जान्छु भन्दै हिडेको र अलि तल पर्ने एक मेडिकलमा उनले स्वास्थ्य परिक्षण समेत गराएको खुलेको उनका दाजु रामप्रसाद शर्माले बताए ।


साँझ पख उनलाई फोन गर्दा फोन उठेको र पछि स्वीचअफ भएको थियो । निर्दयी प्रेमीले प्रहरीमा यस्तो वयान दिएका थिए–‘ उ संग मेरो प्रेम सम्वन्ध थियो । माघ ५ गते साँझ ६ वजे तिर पर्वत र गुल्मी जोड्ने वउर पुल पारीको खेतमा हाम्रो भेट भयो ।उताबाट पार गरेर पारी खेतमा गएर बस्यौं । उनले मेरो पेटमा गर्भ रहेको छ भनेर भनिन् । मैले गर्भपतन गर भनेर पटक पटक सम्झाएँ । उनले मान्दै मानिन् । त्यस पछि हाम्रो बेस्सरी झगडा भयो ।, मेरो पालो म फँस्ने भएँ , विवाह गर्न पर्ने भयो भन्ने ठानेर उनको सल झिकेर गलामा कसेँ, उनको ज्यान लिई सके पछि लतार्दै त्यही पुलमा लगे तल खोलामा फालि दिएको हुँ । ’


उनले थपेका छन –‘ उनले मलाई नमार्नुस्, म तपाईकी हुन चाहन्छु भन्दै हात जोडेर अनन्य विनय समेत गरेकी थिईन तर उसलाई विवाह गर्न नचाहेकै हुँदा मार्नु शिवाय अर्को विकल्प देखिन र मारेको हुँ । ’ कमला त्यस घरकी एक मात्र छोरी थिईन् । छिस्तीको जनकल्याण उच्च माविमा कक्षा १२ मा पढ्ने कमलालाई चितवन बस्ने विक्रमले फोन मार्फत पटाएको बुझिन आएको छ । ति निर्दयी प्रेमी कै खातिर अन्यत्रबाट केटा माग्न आउँदा पनि कमलाले अस्वीकार गर्दै आई रहेकी थिईन् ।


पेटमा गर्भ रहेको थाह पाए पछि उसै संग रंगिन सपनाको दुनियामा रमाएकी शर्माले त्यसरी ज्यान लेलान भन्ने कल्पना समेत गर्न नसकेको दिनैभर उनि संग दहल फसलले स्पष्ट पारेको छ । एक मात्र छोरी अर्कैको हातबाट मारिदा उनको परिवारका आँखा अझै ओभाएका छैनन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)