Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1747




कालीगण्डकीमा बेपत्ता दुई युवकमध्ये एकको शव फेला
कालीगण्डकीमा बेपत्ता दुई युवकमध्ये एकको शव फेला

जेठ ११, पर्वत । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका दुई युवकमध्ये एक जनाकोे शव शुक्रबार फेला परेको छ ।


बिहीबार दिउँसो नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएका २५ वर्षीय गोविन्द परियारको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायक उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।


परियारसँगै बेपत्ता भएका २४ वर्षीय चन्द्रबहादुर परियारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कूल पूजा सकेर नुहाउन गएका चार जनामध्ये दुईजना बेपत्ता भएको र दुई जनाको नदीबाटै उद्धार गरिएको थियो ।


सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारलाई उद्धार गरिएको थियो । उद्धार गरिएको दुबै जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)