Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1988




जिल्ला नागरिक सम्मेलन तथा गैसस महासंघ पर्वतको साधारण सभा सम्पन्न
जिल्ला नागरिक सम्मेलन तथा गैसस महासंघ पर्वतको  साधारण सभा सम्पन्न

जेठ १२, पर्वत । नागरिक समाज सञ्जाल पर्वतको छैठौँ जिल्ला नागरिक सम्मेलन तथा गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको विशौ साधारण सभा सम्पन्न भएको छ । वर्ष २०७५ को संयोजकको रुपमा मानकुमारी गिरीलाई पद हस्तान्तरण र वर्ष २०७६ को संयोजकको रुपमा शेषराज रेग्मीलाई चयन गर्दै सम्मेलन कुश्मामा सम्पन्न भएको हो ।

छैठौँ जिल्ला नागरिक सम्मेलनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि. पौडेले नागरिक संगठनहरुले मुलुकको परिवर्तीत सन्दर्भमा स्थानीय सरकारको साझेदार निकायको रुपमा भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । राज्यले दिने सेवा प्रवाहको क्षेत्रमा कहिँ कतै कमि कमजोरी भएमा वा सुधार गुर्ने क्षेत्र रहेको अवस्थामा नागरिक संगठनले समयमै सचेतना गर्ने भुमिका खेल्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नागरिक समाज सक्रिय भएको स्थानमा स्वभाविक रुपमा सुशासन प्रत्याभूतिमा सकरात्मक प्रभाव रहेने भन्दै गैससहरुले विगतमा पर्वत जिल्लामा १२ प्रतिशत सम्म विकास वजेटमा योगदान दिनु प्रशंसनिय रहेको बताउनु भयो । कार्यक्रममा नागरिक छलफलमा लागि जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भोक र गरिवी निवारणका लागि खाद्य सुरक्षा विषयका प्रस्तुती गर्नु भएको थियो ।

त्यसै गरि शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक राजेन्द्र पहाडीले  दिगो विकास लक्ष्य, वालवालिका र शिक्षा विषयक प्रस्तुती राख्नु भएको थियो भने महिला निरीक्षक तारा सुनुवारले महिला हिंसा र महिला अधिकार विषयक प्रस्तुती छलफलका लागि राख्नु भएको थियो ।

कार्यक्रममा छलफल गरिएका विषयहरु समेटेर ७ बुँदे समसामायिक प्रस्ताव प्रारित गरिएको छ । नागरिक समाज सञ्जाल पर्वतका संयोजक विश्वराज पाण्डेयको अध्यक्षता, गैसस महासंघ नेपाल पर्वतका अध्यक्ष शिवप्रसाद शर्माको सहअध्यक्षता र सचिव यज्ञप्रसाद शर्माको संचालनमा सम्पन्न नागरिक सम्मेलनको कार्यक्रम एवं साधारण सभाको उद्घाटन सत्रमा गैसस महासंघ केन्दीय सदस्य तथा प्रदेश इन्चर्ज देवीप्रसाद तिमिल्सिना, जिल्ला शिक्षा इकाई प्रमुख रमेशराज पौडेल, गैसस महासंघ पर्वतका नेकपा पर्वतका नेता गोविन्द पहाडी, वर्ष २०७५ का संयोजक मानकुमारी गिरी लगाएले बोल्नु भएको थियो ।

त्यसै गरि गैसस महासंघको साधारण सभाको सत्रमा सहसचिव रमेश रिजालले प्रगती प्रतिवेदन, कोषाध्यक्ष नेत्रकला सुवेदीले आर्थिक प्रतिवेदन तथा आगामी आ.व. २०७५÷७६को प्रस्तावित निति तथा कार्यक्रम पेश गर्नु भएको थियो । गैसस महासंघ नेपाल पर्वत रु ५० हजार को गैसस सामाजिक अभियान कोष र रु ५० हजार राशीको सामाजिक सेवा पुरस्कार कोष स्थापना स्थापना गरेको छ । आगामी आ.व.मा सो कोषको राशीमा दोब्बर गर्ने र पुरस्कार प्रदान गर्ने तथा सामाजिक अभियान संचालन गर्ने योजना रहेको महासंघका अध्यक्ष शिवप्रसाद शर्माले बताए ।   

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)