Correspondent, ParbatNepal
8 years ago
2802
रोशन तिवारी जेठ १३ पर्वत । कुश्मा नगरपालिका वडा नम्बर ७ ले आगामी बर्षका लागि वडाको बिकासका लागि आवश्यक योजना संकलन गरेको छ । वडाभेलाको आयोजना गरि वडा कार्यालयले आज योजना संकलन गरेको हो । वडाध्यक्ष सुवासचन्द्र पौडेलका अनुसार वडाबासीहरुले करिव २ सयवटा योजना सिफारिस गरेका छन् ।
बिषेश गरि कृषि, सडक, स्वास्थ्य, पूर्वाधार, शिक्षा,सामाजिक सुरक्षा लगायतका बिषयमा योजना सिफारिस भएका छन् । संकलित सुझाव उपर फेरि छलफल गरि योजनाहरुको प्राथमिकिकरण गरिने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । वडाले सबैका योजनाहरुलाई एकत्रित गरेर ६ वटा शिर्षकहरुमा योजनाहरुको प्राथमिकिकरण गर्ने जनाईइएको छ ।
वडा भेलामा वडाध्यक्ष पौडेलले चालु बर्ष र आगामी बर्ष वडाबाट सञ्चालन भएका र गर्ने योजनाको बारेमा जानकारी प्रस्तुत गर्नुभयो । वडाले अनलाईन मार्फत वडाबासीहरुको व्याक्तिगत बिबरण र बस्तुगत बिबरण संकलन गर्ने अनलाईन डाटा संकलन शुरु गरेको जानकारी दिइएको छ । उक्त अनलाईन डाटामा वडाबासीहरुको पारिवारिक स्थिती, आर्थिक अवस्था, सम्पत्तीको बिबरण, शैक्षिक स्थिती लगायतका बिवरण राखिने भएको छ ।
