Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1603




पर्वतमा यसरी मनाईयो गणतन्त्र दिवस
पर्वतमा यसरी मनाईयो गणतन्त्र दिवस

जेठ १६, पर्वत पर्वत जिल्लामा पनि गणतन्त्र दिवश मनाईएको मंगलवार प्रभातफेरी कार्यक्रमको आयोजना गरि शहिद गोविन्दनाथको तस्विरमा माल्यार्पण पश्चात जिल्ला समन्वय समिति पर्वतको सभाहलमा अन्तरकृया कार्यक्रम संपन्न भएको

उक्त अन्तरकृया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि पौडेलले जनताले महसूस गर्ने गर्ने गणतन्त्रको उपयोग गर्नु पर्नेमा जोड दिनू भयो उहांले परिवर्तन भएर मात्र सवैकाम हूने रहेन्छ त्यसका लागी विधि पद्धती पनि चाहिने भएकाले त्यस अनूरुप निर्वा्चित जनप्रतिनिधिहरुले काम गर्नूपर्नेमा जोड दिनूभयो

कार्यक्रममा प्रमूख जिल्ला अधिकारी गूरुदत्त ढकाल,नेकपाका केन्द्रिय सदस्य गूप्त हमाल,जिल्ला प्रतिनिधी तोयनाथ चालिसे,नेपाली कांग्रेसका सचिव यूक्त प्रसाद श्रेष्ठ,नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतले शुभकामन व्यक्त गर्नुभएको थियो नेपाल सरकारले गणतन्त्र दिवसको विदा कटौती गरेर दिवसलाई नै ओझेलमा पारेको अधकिांस वक्ताहरुले वताए

सरकारले विदा नेपालमा २४० वर्षको शाहि शासनलाई आजकै दिन विना रक्तपात तत्कालिन प्रधानमन्त्री तथा राष्ट्र प्रमुख स्वर्गीय गिरिजा प्रसाद कोईरालाले संसदमा गणतन्त्र घोषणा गर्नुभउको थियो आजको विषेश दिनलाई शिषेश उत्सवको रुपमा मनाउनु पर्नेमा सवै वक्ताहरुले जोड दिएका थिए कार्यक्रममा सरकारी कर्मचारीहरु सुरक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको थियो नागरिक समाज दलिय प्रतिनिधिहरुको न्यून उपस्थिति रहेको थियो

जनता द्धारा निर्वा्चित जनप्रतिनिधिहरुको पनि न्यून उपस्थिति रहेको थियो उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले गर्नुभएको थियो भने संचालन जिल्ला समन्वय समितिका देवी प्रसाद पौडेलले गर्नु भएको थियो

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)