Correspondent, ParbatNepal
8 years ago
1714
जेठ २० पर्वत । पर्वतको कुश्मा स्थित माझमेला जंगलमा महिलालाई बलत्कार गरेको आरोपमा एक पूरुषलाई प्रहरीले पक्रिएको छ । शनिबार राती ९ वजेतिर महिलालाई बलत्कार गरिरहेको अवस्थामा म्याग्दीको मल्कवाङ १ घर भई हाल कुश्मानगरपालिका १ सहस्रधारामा बस्दै आएका २६ बर्षिय अनिल बिकलाई प्रहरीले पक्रिएको हो ।
राती ९ वजेको समयमा ति महिलालाई बलत्कार गरिरहेको बलात्कारित महिलाले नै सूचना दिएको प्रहरी नायव उपरिक्षक दीलिप घिमिरेले जानकारी दिनुभयो । महिलाले दिएको सूचनाका आधारमा खोज्दै जाँदा पीडितलाई पक्रिएको घिमिरेले जानकारी दिनुभयो । बागलुङ जान लिफ्ट खोजेकी ति महिलालाई बिकले कुश्माबाट ट्याक्टरमा चढाएर लग्दै थिए ।
पीडक ट्याक्टर चालक हुन् । बागलुङ लगिदिने बाहनामा जंगलको बिच भागमा रहेको खाली जग्गामा लगि बिकले जवरजस्ती करणी गरेको महिलाले प्रहरी समक्ष बताउनुभएको छ । पीडित बिकलाई जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोली पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला अदालत बाट १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक घिमिरेले जानकारी दिनुभयो ।
