Correspondent, ParbatNepal
8 years ago
1709
जेठ २२, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा अपराध तथा सुरक्षा विषयमा ६ दिने पशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महाशिला गाउँपालिकाले संचालन गरेको स्वरोजगार कार्यक्रम अन्र्तगत गाउँपालिका सम्पूर्ण वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले गाउँपालिको सम्वन्वयमा कार्यक्रम आयोजना गरेको जनाएको छ ।
प्रहरीले लुंखु देउराली, फलामखानी, बालाकोट, पाखापानी, होश्राङदी तथा भोक्सिङमा प्रशिक्षण कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिनुभयो । कार्यक्रममा अपराध नियन्त्रण तथा सुरक्षा अन्र्तगतका विषयमा प्रशिक्षण दिएको जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा घरेलु हिँसा, महिला हिँसा, जवरजस्ती करणी अपराध, यौनहिँसा मानव बेचविखन तथा ओसार प्रसार, लागु औषध नियन्त्रण, बालविवाह, बहुविवाह, मानव अधिकार संरक्ष्ण तथा प्राकृतिक प्रकोप विषयमा प्रशिक्षण दिईएको प्रहरि निरिक्षक थापाले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रमको सहजिकरण ईलाका प्रहरी कार्यालय लुंखुका प्रहरी नायव निरिक्षक हरिवहादुर थापा, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरिक्षक भुवन वराम तथा प्रहरी जवान विष्णु केसी र ललित क्षेत्रीले गर्नुभएको थियो ।
