Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1621




पर्वतमा राष्ट्रिय सरसफाई सप्ताह तथा वातावरण दिवस मनाउने तयारी
पर्वतमा राष्ट्रिय सरसफाई सप्ताह तथा वातावरण दिवस मनाउने तयारी

जेठ २२, पर्वत । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पर्वतले राष्ट्रिय सरसफाई सप्ताह तथा विश्व वातारवरण दिवस मनाउने भएको छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर वि.पौडेलको अध्यक्षतामा बसेको बैठकले वातावरण दिवस मनाउने निर्णय गरेको हो । ‘दिगो सरसफाईको मुल आधार स्वच्छ खानेपानी सरसफार्ईयुक्त बानी व्यवहार’ भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस तथा १९ औँ राष्ट्रिय सरसफाई सप्ताह मनाउन लागेको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पर्वतले जनाएको छ ।

समितिले विश्व वातावरण दिवसको अवसरमा जनचेतना मुलुक ¥याली, बजार सरसफाई तथा बृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको छ । समितिले एक राष्ट्रसेवक एक फलफुलको विरुवा अन्र्तगत विभिन्न संघ स.स्था, कार्यालय र खाली ठाउँमा  कृक्षारोपण गर्ने निदैृशन दिएको छ ।

साथै समितिले जिल्लाका सम्पूर्ण निजि तथा सरकारी विद्यालयहरुमा सप्ताह अवधिमा विद्यालयहाता सरसफाई गर्ने अनुारेध गरिएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)