Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

3170




पेट्रोलियम पदार्थ लुकाई बेच्ने कुश्माका दुई व्यापारी प्रहरी नियन्त्रणमा
पेट्रोलियम पदार्थ लुकाई बेच्ने कुश्माका दुई व्यापारी प्रहरी नियन्त्रणमा

जेठ २६, पर्वत । अवैध रुपमा पेट्रोलियम पदार्थ लुकाई छिपाई बिक्रि बितरण गरेको अवस्थामा कुस्माका दुई ब्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा उनीहरुका पसलबाट अवैध रुपमा पेट्रोलियम पदार्थ लुकाई छिपाई बिक्रि गरेको फेला पारपछि नियन्त्रणमा लिएको हो ।

 

खाद्य पसलबाट पेट्रोल बेच्ने र १५० देखि २०० रुपैयाँ प्रतिलिटरमा बेच्ने गरेको गुनासो आएपछि अनुगमन गरिएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

 

कुश्मा नगरपालिका ५ स्थित कल्पना स्ट्रोर्समा साढे ६१ लिटर र कुश्मा नगर पालिका ४ स्थित बिष्णु कुमारी उपाध्यायको कस्मेटिक पसलमा रहेको ३९ लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिईएको छ । हाल कालोबजारी गरेकोमा प्रहरी कार्यालयको हिरासतमा राखि आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

 

थप, अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागी दुवैलाई जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)