Correspondent, ParbatNepal
8 years ago
1474
जेठ २६, पर्वत । तल्लो मोदी जलबिद्युत आयोजनाका
मजदूरहरु आन्दोलित भएका छन् । निर्माणाधिन आयोजनाको काम मजदूरको आन्दोलनले बिगत ४ दिनदेखि
पूर्ण रुपमा अवरुद्ध छ ।
साउथ एसिएन इन्स्फाटक्चर कम्पनीले काम लगाएका
मजदूरहरुले आफुहरुलाई अन्यत्रै काम पठाउन लागिएको भन्दै हड्ताल शुरु गरेका हुन् । यहाँ
कार्यरत १६ जना मजदूरहरुलाई रामेछापको लिखुखोला जलबिद्युत आयोजनामा पठाउन लागिएको हो
। तल्लो मोदीखोलाको काम सकिने लागेपछि कम्पनीले मजदूरहरुलाई रामेछापमा सिफ्ट गर्न खोजेपछि
पर्वत स्थायी घर भएका मजदूरहरु जान मानेका छैनन् ।
स्थायी
घर पर्वत भएका मजदूरहरुले आफुहरुलाई पर्वतमै काम दिलाउन माग राख्दै आन्दोलन थालेको
बताएका छन् । असार भित्रै तल्लो मोदीले उत्पादन थाल्ने गरि निर्माणको काम गरिरहेको
समयमा मजदूरहरुले आन्दोलन थालेपछि समस्या भएको छ । आयोजना निर्माण पक्ष र मजदूरहरुको
बिचमा चार दिन हुँदा सम्म पनि वार्ता हुन सकेको छैन् ।
