Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1758




पर्वत उद्योग बाणिज्य संघको तीन वर्षे कार्ययोजना सार्वजनिक
पर्वत उद्योग बाणिज्य संघको तीन वर्षे कार्ययोजना सार्वजनिक

 

जेठ २७ पर्वत । समग्र पर्वत जिल्लाको विकासका लागि पर्वत उद्योग बाणिज्य संघले तीन वर्षे कार्ययोजना सार्वजनिक गरेको विधानअनुसार संघको नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि तीन वर्षे कार्ययोजना सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार हिजो विशेष भेला गरी २८ बँदे कार्ययोजना अघि सारिएको हो

संघले सार्वजनिक गरेका कार्यक्रमहरुमा सुरुङ्गमार्गदेखि जलाशययुक्त परियोजना सम्म छन् पर्वत उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष केदारनाथ शर्माले सार्वजनिक गर्नुभएको कार्ययोजनामा कुश्मा बजारको व्यावसाय बृद्धिका लागि कुश्मा कल्लेरी हँदै छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल निर्माण, कुश्मादेखि कटुवाचौपारी जोड्ने मोदीखोलामा मोटरेबल पुल निर्माणलाई जोड दिने भएको

त्यस्तै सदरमुकाम रहेको कुश्माबजारदेखि दक्षिण पर्वतको हुवास जोड्ने सडक कालोपत्रे गर्नका लागि पहल गर्ने, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्गसँग लिंक जोड्न तथा पर्वतपोखरा सुरुङ्गमार्ग निर्माण गर्न पहल गर्ने, कालीगण्डकीमा जलाशययुक्त परियोजना संचालनका लागि आवश्यक समन्वय गर्ने जस्ता महत्वकांक्षी योजना सार्वजनिक भएका छन्

यसैगरी, बिना दर्ता सञ्चालित उद्योग ब्यावसायलाई दर्ता प्रकृयामा ल्याउने, बस्तुगत व्यावसायीहरुको छुट्टाछुट्टै भेला गरी व्यावसायीक समस्या पहिचान गरी समाधान गर्ने, धार्मिक एवम् ऐतिहासिक महत्व बोकेका जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने, कुश्मा बजारमा एक हजार जना क्षमताको सिटीहल निर्माण तथा कुश्मा रिङरोड भ्युटावर निर्माण गर्ने योजना पनि अघि सारीएका छन

त्यस्तै, कुश्मादेखि बलेवाको भैरबस्थानसम्म केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन दुर्लुङ्गमा सञ्चालित क्यानोनिङ्गको व्यवस्थापनका लागि काम गर्ने योजना समेत सार्वजनिक गरिएको कृषि उपज संकलन केन्द्रको निर्माण सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउने, जिल्लाको समग्र पर्यटन व्यावसायलाई प्रवद्र्धन गर्न पर्यटक रुटको नक्सांकन गर्न पर्यटनबोर्ड तथा टान हानसँग समन्वय गर्ने कार्ययोजना पनि अघि सारिएको अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)