Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1673




प्रदेश न ४ को नीति तथा कार्यक्रम प्रति पत्रकारको आपत्ति
प्रदेश न ४ को नीति तथा कार्यक्रम प्रति पत्रकारको आपत्ति


जेठ २७ पर्वत । प्रदेश न ४ ले ल्याएको नीति तथा कार्यक्रम प्रति प्रदेशका पत्रकारले आपत्ति जनाएका छन । प्रदेश न ४ ले सञ्चारकर्मी र पत्रकारको हित विपरित ल्याएको नीति तथा कार्यक्रम प्रति प्रदेशका पत्रकारहरुले कडा शब्दमा आपत्ति जनाएका हुन । 

प्रदेश सरकारले सरकारी मिडिया चलाउने गरी नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रदेशका ११ वटा जिल्लाका जिल्ला अध्यक्ष र सचिवहरुको प्रदेश भेलाले आपत्ति जनाएको हो । 

सञ्चालनमा रहेका सञ्चार माध्यमहरु सञ्चालनमा भन्दा सरकारी मिडिया सञ्चालनमा प्रदेश सरकार लागी परेको भन्दै प्रदेशका पत्रकारहरुले कडा शब्दमा आपत्ति जनाएका हुन । नेपाल पत्रकार महासंघ प्रदेश न ४  समितिले आयोजना गरेको प्रदेशका अध्यक्ष र सचिवहरुको भेलाले उक्त प्रस्ताव पारित गर्दै प्रदेश सरकार प्रति आपत्ति जनाएको हो । 

विना अध्ययन र योजना विना सरकारी मिडिया सञ्चालन  गर्ने गरी नीति तथा कार्यक्रममा विषय उल्लेख गरिनु घोर आपत्तिजनक भएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले बताए । 

उनले प्रदेश सरकार सञ्चार माध्यम प्रति अनुदार रहेको प्रष्ट प्रमाण नीति तथा कार्यक्रममा देखा परेको  बताए । सरकारी सञ्चार माध्यम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख हुनु लोकतन्त्र र गणतन्त्रको उपहास भएको भन्दै तत्काल यस्तो नीति फिर्ता लिन प्रदेश सरकारसंग ज्ञवालीले माग गरे ।

 प्रदेश कमिटिका अध्यक्ष त्रिभुवन पौडेलले संघियतामा सरकार गएपनि मिडिया मैत्री अझै हुन नसकेको आरोप लगाए । कार्यक्रममा प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री हरीबहादुर चुमनले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा संसोधन गर्न सकिने बताए । उनले गणतन्त्र  स्थापनामा नेपालका सञ्चार माध्यमहरुको अतुलनीत योगदान रहेको भन्दै प्रदेश सरकार मिडिया विरोधी हुनै नसक्ने जिकिर गरे । 

कार्यक्रममा प्रदेश सभा सदस्य तथा एमाले युवा नेता राजीव पहारीले सञ्चार माध्यम सञ्चालनको अनुभव लिन प्रदेश सरकारले यस्तो संवेदनशिल निर्णय लिएको हुनसक्ने भन्दै निर्णयमा पुर्नविचार गर्न अनुरोध गरे । उनले सञ्चार माध्यम सञ्चालनमा निकै चुनौति रहेको भन्दै सरकारले सञ्चार माध्यम सञ्चालन गर्न निकै कठिन रहेको समेत उल्लेख गरे । 

कास्कीको अन्नपूर्ण गाउँपालिकामा भएको प्रदेश न ४ का ११ वटा जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्ष र सचिवहरुको भेलाका बक्त्ताहरुले प्रदेश सरकार गलत बाटोमा हिड्न खोजेको आरोप लगाएका थिए । नेपाल पत्रकार महासंघ प्रदेश न ४ का अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गणेश पौडेलले गरेका थिए । उक्त भेलाले श्रमजीवि पत्रकार हक हित र सरकारी सञ्चार माध्यम सञ्चालन गर्र्नेे प्रदेश सरकारको नीतिलाई फिर्ता लिन प्रदेश सरकारसंग माग गर्ने सहितको लुम्ले घोषणा पत्र पारित गरेको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)