Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1736




ढोकाको आउलाले हानेर फलेबासमा एकको हत्या
ढोकाको आउलाले हानेर फलेबासमा एकको हत्या



जेठ ७ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा सुनचाँदी व्यवसायी सूर्यबहादुर सुनारको हत्या गरिएको छ । गोपाल भनेर बोलाउने सुनारलाई फलेवास २ थापाठानाका बिनोद कुँवर र उनकी श्रीमती राधिका कुँवरले ढोकाको आउलोले हानेर हत्या गरेका हुन् । 


शुक्रबार दिउँसो सामान्य भनाभनको क्रममा कुँवर दम्पतीले सुनारलाई टाउकोमा आउलोले हानेका थिए । प्रत्याक्षदर्शीका अनुसार रक्सी खाएर हल्लाखल्ला गरेका कुँवर दम्पत्तीले अपशब्द बोलेका थिए । अपशब्द बोलिरहेका कुँवरलाई सुनारले यसे नबोल्न भनेपछि हातपातमा उत्रिएको प्रहरीले अनुसन्धान बाट थाहा भएको जनाएको छ । 


चोट लागेर उपचारका लागि पोखराको मणिपाल अस्पताल पोखरा लगेकोमा उपचारकै क्रममा सुनारको मृत्यु भएको हो । सुर्यबहादुर सुनारकी श्रीमती पनि आक्रमणमा घाईते भएकी छिन् । श्रीमती सरस्वती सुनारको पनि अहिले अस्पतालमा उपचार हुदै छ । 


आक्रमणकारी बिनोद बिक्रम कुवँंर र राधिका कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रक्सीको नशामा रहेका कुँवरले आफुले रिस उठेपछि आक्रमण गरेको प्रहरी समक्ष बताएका छन् । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)