Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1453




मोदीमा सडक मर्मतको खर्च सार्वजनिक
मोदीमा सडक मर्मतको खर्च सार्वजनिक




जेठ २७ पर्वत । ।पर्वतको मोदी गाउपालिका ६ तिलाहारमा स्तरोन्ती भएको एक सडकको आयव्यय सार्वजानिकरण गरिएको छ । डिमुवा, ठाना, गिज्यान, गाडतारासम्मको सडकको स्तरोन्तीको जिम्मा लिएर अध्यक्ष बनेका दिपेन्द्रजंग लामिछानेले तोकिएको समयमानै सडकको स्तरोन्ती गरेर बजेटको सार्वजानिक सुनुवाइ समेत गरेर आर्थिक पारदर्शीताको नमूना देखाउनुभएको छ । 


उपभोक्ता समितिले १० लाख भन्दा बढिको योजनाको सार्वजनिक सुनुवाई गरेर खर्च बिबरण सार्वजनिक गर्नुपर्ने नीतिगत व्यवस्था छ । तर, अधिकाश उपभोक्ता समितिले उक्त नीतिगत व्यवस्थाको पालना गर्दैनन् । सर्वसाधारणहरुलाई खर्चको बारेमा जानकारी नदिने प्रचलनलाई चुनौती दिँदै लामिछानेले सार्वजनिक सुनुवाई गरेर खर्चको बिबरण सार्वजनिक गर्नुभयो । 


सडकको स्तरोन्ती गर्दा विभिन्न बाधा आए पनि आफूहरुले तोकिएकै मितिमा सडकको स्तरोन्नती गरेको लामिछानेले बताउनुभयो । २० लाख लागत खर्च भएको खर्च बिबरणमा उल्लेख गरिएको छ । आमभेला डाँकेर सडकको स्तरउन्नतीमा भएको प्रगति, चुनौती र खर्चको बिबरण सार्वजनिक गरिएको छ । खर्चबारे उपभोक्ता समितिका सचिव दिपक क्षेत्रीले सार्वजानिक जानकारी गराउनुभएको थियो । कार्यक्रममा निर्माण समिति पदाधिकारी रामबहादुर बिक,बिनोद पौडेल बागकुमारी क्षेत्री ,गोमा थापा लगायत स्थानीय उपभोक्ताहरुको भेला डाँकेर समितिले शनिबार खर्च बिबरण प्रस्तुत गरेको हो ।


 स्थानिय सयपत्रि आमासमुहको भबन र विधालयसम्मको बाटो सुधारको लागत खर्च बाटा ेनिर्माण समितिले आफै ब्यहोर्ने सम्मको उद्घघोष समेत अध्यक्ष दिपेन्द्रजँग लामिछानेले गर्नुभएको छ । कार्यक्रमको सन्चालन स्थानीय उपभोक्ता किशोर शर्माले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)