Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2115




सामजिक पूर्नजागरण अभियान नेपाल संस्थाको उद्घाटन
सामजिक पूर्नजागरण अभियान नेपाल संस्थाको उद्घाटन

जेष्ठ २७,पर्वत÷ सामजिक काम गर्ने उद्देश्यले पर्वतका युवाहरुले सामजिक पुर्नजागरण अभियान नेपाल संस्था स्थापना गरेका छन् संस्थाको शनिवार नेपाली काँग्रेसका पूर्व मुख्य सचिव तथा समाजिक अभियान्त ऋषिकेश तिवारीले उद्घाटन गर्नुभएको

 

फलेवास नगरपालिका मुडिकुवामा भएको कार्यक्रममा बोल्दै तिवारीले युवाहरुले नै देश विकासको गर्ने भएकाले विकास समृद्धिको बाटोमा अग्रसर हुन आग्रह गर्नुभयो उहाँले युवाहरुमा भएको सिप जाँगरलाई उत्पादन क्षेत्रमा लगाउनु पर्नेमा जोड दिनुभयो संस्थाका प्रमुख सल्लाहकार समेत रहेका तिवारीले संस्थालाई नाफा मुखी भन्दा पनि सेवा मुखी बनाउनुपर्नेमा जोड दिनुभयो

 

कार्यक्रममा फलेवास नगरपालिका मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलले युवाहरु विना विकास सम्भाव नभएको बताउँदै विकास निर्माणमा हातेमालो गर्न आग्रह गर्नुभयो कार्यक्रममा फलेवास नगरपालिका११ पाङराङका वडा अध्यक्ष शेरवहादुर सुनारजितवहादुरले सामजिक पुर्नजागरण अभियाले समाजमा भएका विकृति विसंगति विरुद्ध डटेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो उहाँले समाजमा अझै पनि एक खालको विभेद रहेको बताउँदै सामजिक विकृति विरुद्ध युवाहरु लाग्नुपर्नेमा जोड दिनुभयो

 

कार्यक्रममा फलेवास नगरपालिका का वडा सदस्य नरेन्द्रप्रसाद तिवारी, फलेवास नगरपालिका का वडा सदस्य निर्मला रेग्मी, पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष देवीप्रसाद विलासी, पर्वत सामुदायिक विकास संस्थाका सचिव इन्द्र सापकोटा, मुडिकुवा युवा समाजका अध्यक्ष दिपेन्द्र लम्साल, म्याग्दी साहित्य सञ्चार अनेसास धवलगिरीका अध्यक्ष श्रीकृष्ण घायल लगयातले शुभकामना मन्तव्य दिनुभएको थियो

 

हाम्रो अधिकार स्वास्थ्य शिक्षा सरोकार बैज्ञानिक समाज आधुनिकरणको अभियानभन्ने मुल नाराका साथ संस्था स्थापना भएको हो संस्थाले ग्रामिण भेगमा बस्ने जनतासँगको प्रत्यक्ष संलग्नतामा ग्रामिण क्षेत्रमा रहेका हरेक विषय बस्तुको उठान गरि जनताको आर्थिक अवस्था सुधारमा सहयोग पु¥याउने लक्ष्यका साथ संस्था स्थापना गरिएको संस्थाका महासचिव याम परियारशिवले जानकारी दिनुभयो उहाँले समाजमा रहेका विकृती विसंगति, भष्ट्राचार लगायत समाजमा रहेका कुप्रथा विरुद्ध आवाज उठाउन संस्था स्थापना गरिएको बताउनु भयो संस्थाले विशुद्ध सामजिक काम गर्ने उहाँको धारण

 

सामजिक पुर्नजागरण अभियान नेपालका अध्यक्ष दिनेश लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य महासचिव याम परियारशिव कार्यक्रमको संचालन संस्थाका सचिव तथा रेडियो शालिग्रामका पत्रकार साजन परियारले गर्नुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)