Correspondent, ParbatNepal
8 years ago
2168
बागलुङ– गाउँमा जनप्रतिनिधी आएको एक बर्ष भयो । जनप्रतिनिधीले चुनावको बेला जुन आश्वासन दिएका थिए त्यसको ठिक विपरित हिँडेको आरोप खेप्दै आएका छन् । कतिपय जनप्रतिनिधीले वडामा आएको रकम समेत हिनमिना गरेको समचार बाहिर आउन थालेका छन् । तर, यहाँका एक जनप्रतिनिधीले आफुले पाएको रकम भत्ता लिदैनन् भन्दा पनि हुन्छ ।
बागलुङको जैमिनि नगरपालिका –७ जैदीका वडा सदस्य केन्द्र रसाइलीले आफुले पाएको रकम भत्ता गरिव, दुखी र असहाय बालबालिकाका निम्ती खर्च गरेका छन् । रसाईलीले नगरपालिकावाट प्राप्त सोही ठाउँको वझिनिमा अवस्थित नता बाल साक्षरता प्रविका विद्यार्थीलाई एक वर्षको लागी पुग्ने शैक्षिक सामाग्री वितरण गरेका थिए ।
जैमिनि नगरपालिका वाट एक वर्षसम्म पाएको भत्तामा रकम थप गरी विद्यालयमा अध्ययन गर्ने १८ जना वालवालिका लाई १ वर्ष सम्मको लागी झोला कपी ,पेन्सिल, कटर इलेजर सहयोग गरेका थिए । उनले वैठक भत्ता वापत एक वर्षमा पाएको १६ हजार २ सय २५ रुपैयाँमा २१ हजार ७ सय ८५ रुपैया थप गरी ३८ हजार बरावरको शैक्षिक सामग्री सहयोग गरेको वडा सदस्य केन्द्र रसाईलीले जानकारी दिए । आफ्नो कार्यकालमा नगरपालिकावाट पाउने वैठक भत्ता व्यक्तिगत रुपमा प्रयोग नगरी वडाको विकास सँगै गरिव, दलित तथा विपन्न बालबालिकाको क्षेत्रमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रसाईलीले विद्यालयमा अध्ययनरत बालबालिको शैक्षिक विकासका लागि आगमी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य वार्ड सदस्य वमवहादुर क्षेत्री विमला सुनार, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तथा धौलागिरी टेलिभिजनका सम्पादक सुवास आचार्य, स्थानिय रामवहादुर नेपाली , सरिता पौडेल, अभिभावक लालवहादुर जिसी,सावित्रि नेपाली लगायतले बोलेका थिए ।
शिक्षक सुभद्रा देवी शर्माले स्वागत गरेको कार्यक्रमको संचालन प्रअ खगराज पौडेलले गरेका थिए । ८० प्रतिशत दलित समुदाका वालवालिकाले अध्ययन गर्ने सो विद्यालयमा १८ जना वालवालिका अध्ययनरत छन् ।
