Correspondent, ParbatNepal
8 years ago
1497
रोशन तिवारी जेठ ३० पर्वत । अघि अघि सेतो कात्रो, चितामा लास, दोहोरो शंख बजिरहेको थियो, पछि पछि मलामी पनि थिए । हिजो बेलुका कुश्माबजारमा देखिएको दृश्य हो यो । दोहोरो शंख बजाएर सदरमुकाममा लास बोकेर हिँडाईरहेका थिए बिद्यार्थीहरु ।
मानिसहरु यो दृश्य घरको पिँडी, छत र झयालबाट नियालिरहेका थिए । यो दृश्य थियो खाद्यन्नमा भएको मुल्यबृद्धि र पेट्रोलियम पदार्थको मुल्यबृद्धिका बिरोधमा नेविसंघले अपनाएको बिरोधको शैली हो । मुल्यबृद्धिको बिरोधमा नेविसंघको आयोजनामा कुश्माको लोकतान्त्रिक चोकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको साँकेतिक शव वोकेर बिद्यार्थीहरु बजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा पुगेर बिसर्जन गरेका थिए ।
लोकतान्त्रिक चोकमा उक्त साँकेतिक शव ल्याएर आगो लगाइयो । प्रहरीले बिदार्थीअरु आउनुअगाडी नै बाल्टीमा पानी तयारी अवस्था राखेको थियो । आगो लगाउन शुरु गरेपछि प्रहरीले पानी खन्याएपनि आगो निभाउन असफल भयो । बरु उल्टै प्रहरीको खुट्टा र सञ्चारसेटमै आगो लाग्यो ।
सरकार बिरोधी नारावाजी गर्दै बिद्यार्थीहरुले मुल्यबृद्धिको बिरोध गरिरहे ।उनीहरुले समृद्धिका सपना बाँड्ने केपी ओली नेतृत्वको सरकार जनतालाई पटक पटक पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिको बिरोधमा कार्यक्रम गरेको नेविसंघ पर्वतका उपाध्यक्ष आरसी पौडेलले जानकारी दिनुभयो । उहाँले ओली सरकारले समृद्धिका नाममा जनतालाई मन्दबिषको रुपमा मुल्यबृद्धि उपहार दिएको बताउनुभयो । जनतालाई महंगीले मार्ने सरकारले कस्तो समृद्धिका सपना बाँडेको हो त्यो कुरा छर्लङग भएको बताउनुभयो ।
ईतिहासकै बलियो सरकार बनेपनि यो सरकारले जनताको पक्षमा काम नगरेको बरु हुँदा खाने जनताको चुलोमा आवश्यक पर्ने चामल देखि तरकारीको मुल्य बढाएको, पेट्रोलियम पदार्थको मुल्य एक पटक मात्रै हैन ५ पटक बढाईसकेको, संधै झुठा कुरा मात्रै गरेर भुलाउन थालेको नेविसंघको आरोप छ । लोकतान्त्रिक चोकमा भएको कोणसभामा नेविंघका नेताहरु आरसी पौडेल, दिपेन्द्र खड्का, शिशिर शर्मा, सन्तोष पाठक लगायतले बोल्दै मुल्यबृद्धिको बिरोधमा बिद्यार्थीहरु मात्रै नभएर अव सबै नागरिकहरुले आवाज उठाउनुपर्ने बताएका थिए ।
सयौँको संख्यामा लोकतान्त्रिक चोकमा जम्मा भएका नागरिकहरुले पनि बिद्यार्थीले गरेको बिरोधलाई नैतिक समर्थन गरेका छन् । अन्य बिदार्थी संगठन, माउ पार्टि, नागरिक समाज, अधिकारकर्मीहरु मुल्यबृद्धिको बिषयमा मुख थुनेर बसेको बेला बिद्यार्थीहरुले आवाज उठाईरहेका छन् । ‘मुल्यबृद्धिको बिरोध गर्नु बिद्यार्थीको मात्रै ठेक्का हैन,’ बिद्यार्थी नेता शिशिर शर्माले भन्नुभयो,‘सबै नागरिक अब मसाल बोकेर सरकारको बिरोध गर्नुपर्छ । उहाँले यो सरकारले जनतालाई मुल्यबृद्धि उपहारको रुपमा बाँडेको भन्दै सरकारको कदमका बारेमा चुप लागेर बस्नु मुर्खता भएको बताउनुभयो ।
