Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2371




कृषकलाई बोयर जातका बोका बितरण
कृषकलाई बोयर जातका बोका बितरण



रोशन तिवारी जेठ ३० पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले कृषकहरुलाई व्यवसायिक बाख्रापालनमा आकर्षित गराउन थालेको छ । गाउँपालिकाले महाशिलालाई मासुमा आत्मानिर्भर बनाउने कार्यक्रम अन्तर्गत कृषकहरुलाई अष्टे«लियाली उन्नत जातको बोयर जातको बोका बितरण गरिएको छ । गाउँपालिकाका कृषकहरुलाई ८ वटा बाख्रापालक समूहलाई एक÷एक वटा बोका बितरण गरिएको छ । 


गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले ५० प्रतिशत अनुदानमा बोका बितरण गरिएको जानकारी दिए । कृषकलाई दिएका बोका लगाएर जन्मिने बोका गाउँपालिकाले खरिद गरि अरु समूहलाई बितरण गर्ने योजना रहेको उनले बताए । स्थानीय जातका बाख्राको नश्ल सुधार गर्न बोयर जातका बोका गाउँपालिकाले खरिद गरेर व्यवसायिक रुपमा बाख्रापालन गरेका समूहलाई बितरण गरेको हो । ‘अहिले ८ समूहलाई बोका उपहार दिएका छौँ,’ पौडेलले भने,‘बोका जन्मिएपछि कृषकहरुबाट गाउँपालिकाले खरिद गरि अर्को समूहलाई बितरण गर्ने योजना छ ।’ 

परम्परागत रुपमा पालिदै आएका खरि जातका बाख्राहरुमा उन्नत बोयर बोका क्रस गराएर गाउँपालिकाका कृषकहरुलाई बढि नाफा कमाउने बनाउने गाउँपालिकाको सोच रहेको छ । बोयर जातको बोका ६ महिनामै ४० केजी मासु उत्पादन हुने अध्ययनले देखाएको छ । अष्टे«लियन बोयर जातको बोका तनहुँको बन्दिपुर बाट खरिद गरेर ल्याएको हो । 

गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार गाउँपालिकाले २२ हजार देखि ५५ हजार सम्मका बोका खरिद गरेर कृषकहरुलाई बितरण गरेको हो । महाशिलामा परम्परागत बाख्रा पालन गर्ने कृषकहरु उन्नत जातका बोका उपहार पाएकोमा खुशी छन् । महाशिलाको होश्राङ्दीमा ५ करोडको लागतका कृषकहरुले बाख्रापालन फर्म सञ्चालन गर्दै आएका छन् । भोक्सिङ,बालाकोट, लुँखु र पाखापानीमा पनि सामुहिक बाख्रापालन समूह रहेका छन् । ‘बिदेशबाट फर्किएका यूवाहरुले बाख्रापालनमा लगानी गरेका छन्,’प्रवक्ता ठकुरीले भने,‘उनीहरुलाई थप व्यवसायी बनाउन गाउँपालिकाले अनुदानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।’ 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)