Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2380




स्वर्गिय पौडेलको स्मृतीमा शिवालय चोकमा युरोगार्ड
स्वर्गिय पौडेलको स्मृतीमा शिवालय चोकमा युरोगार्ड

जेठ ३१, पर्वत । रोट्र्याक्ट क्लब अफ पर्बतले क्लबका पुर्व अध्यक्ष स्वर्गिय सन्तोष पौडेलको दोस्रो स्मृतिमा पर्वतको शिवालय चोकको धौलागिरी बस टिकट काउण्टरमा युरोगार्ड सहितको पिउने पानीको व्यबस्था गरेको छ । युरोगार्ड खरिद र व्यवस्थापनमा आर्थिक सहयोग कुश्माका बुद्धिजिवि र क्लवका सदस्यहरुको रहेको थियो । 

उनीहरुलाई क्लवले कार्यक्रमका अवसरमा सम्मान गरेको थियो ।पोखरा–बाग्लुङ र्हाइवय अन्तर्गत कुश्माको शिवालय चोेकमा पिउने पानी पहिलोपटक राखिएको हो । दैनिक पानीको व्यवस्थापन क्लवले गर्ने छ । युरोगार्डको पानी पउिँदै कुश्मा नगरपालिका ६ का वडाअध्यक्ष रुद्र गिरीले उदेघाटन गरेका छन् ।  स्वर्गिय सन्तोष रोट्र्याक्ट क्लब अफ पर्बतको सस्थापक सचिव हुँदै रोटा बर्स २०१५र१६ को अध्यक्ष थिए ।

आफ्नो कार्यकालको १ महिना मात्र बाँकी रहँदा उनको गत बर्ष पोखरा जाने क्रममा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । स्व. पौडेलले आफ्नो कार्यकालमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि स्टेस्नरी वितरण, विद्यालयमा लाइब्रेरी, कम्पुयूटर सहयोग, इलाइब्रेरी, समाजका कमजोर अबस्थाका ब्यक्तिहरुलाई सहयोग गर्दै आएका थिए । 

स्व.सन्तोषले ट्राफिक व्यवस्थापनका धेरै सिर्जनात्मक काम गरेका थिए । स्वर्गिय सन्तोष पौडेलको दोस्रो स्मृतिमा रोट्र्याक्ट क्लब अफ पर्वतले स्वर्गीय आत्माको शान्तिको कामना सहित मंगलबार दिप प्रज्वलन गरेको हो ।

सो अवसरमा रोट्याक्ट क्लब अफ काठमाडौ मिडटाउनकी सचिव सुस्मा श्रेष्ठ,जिल्ला ट्राफिक कार्यलय पर्वतको समन्वयमा सवारी चालक हरुलाइ “म जिम्मेवार चालक“ नामक स्टिकर निजको सवारी साधनमा टाँसी सचेतना प्रदान गरियो । क्लबका अध्यक्ष मिलन पौडेलको अध्यक्षता सम्पन्न कार्यक्रममा मिना खड्का ,उत्तम के.सी लगायतले बोलेका थिए ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)