Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1986




अधिकारी बंश प्रतिष्ठानका महत्वपूर्ण निर्णय
अधिकारी बंश प्रतिष्ठानका महत्वपूर्ण निर्णय


जेठ ३० पर्वत । कश्यप गोत्रिय बंश प्रतिष्ठान कुश्मा नगर समितिले आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा अन्तरक्रिया गरेको छ । नगर समितिले आगामी दिनमा अधिकारी वंश प्रतिष्ठानको कार्यलय सञ्चालन गर्ने, वंशावलीमा छुटेकाको नाम समाबेश गर्ने, सदस्यता लिन छुटेकालाई आन्तरिक सुचना दिएर सदस्य दिलाउने, नियमित बैठक सञ्चालन गर्ने जस्ता निर्णय भेला तथा अन्तरक्रियाले निर्णय र निष्कर्ष निकालेको छ । 

बिभिन्न रोगले पीडित बनेका व्यक्तिहरुलाई भेटेर सहयोग गर्ने, शोक सभामा अनिवार्य सहभागि हुने जस्ता निर्णय पनि आजको वैठकले गरेको छ । उक्त अवसरमा झापामा भएको महाधिबेशनको बारेमा जानकारी गराइएको छ । 

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गोबिन्द अधिकारीले संस्थामा कुनै विखण्डन नहुने गरि काम गर्न अधिकारी बन्धुहरुलाई आग्रह गर्नुभयो । अधिकारी वंश प्रतिष्ठानलाई बिशुद्ध बन्धुत्वको भावनाबाट अगाडी बढाइएको र यसलाई देशव्यापी बनाइने बताउनुभयो । राज्यले अधिकारीहरुको रचनात्मक कार्यको स्रहना गर्ने गरि काम गर्ने उहाँले बताउनुभयो । 

अधिकारी बंश प्रतिष्ठान कुश्मा नगरसमितिका संयोजक लोकनाथ अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा अधिकारी वंश प्रतिष्ठान पर्वतका अध्यक्ष हेमप्रसाद अधिकारी, कुश्मा नगर समितिका सल्लाहाकार दिनेश अधिकारी,जगननाथ अधिकारी,चिरन्जीवी अधिकारी, जिल्ला कार्यसमितिका सचिव गणेश अधिकारी, नगर समितिका संयोजक लोकनाथ अधिकारी, नगर समितिका सदस्य यज्ञ अधिकारी, लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन रामु अधिकारी रुद्रले गर्नुभएको थियो ।  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)