Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1485




प्रशासनले नविकरण नगरेका संस्थाको दर्ता खारेज गर्ने
प्रशासनले नविकरण नगरेका संस्थाको दर्ता खारेज गर्ने

जेठ ३१, पर्वत । जिल्ला प्रसासन कार्यालय पर्वतले लगातार तीन वर्ष सम्म नविकरण नगरेका संस्थाको दर्ता खारेज गर्ने भएको छ । संस्था दर्ता ऐन, २०३४ बमोजिम कार्यालयमा विभिन्न मितिमा दर्ता हुन आएका विभिन्न संघ–संस्थाहरुले प्रत्येक आर्थिक बर्ष समाप्त पछि आश्विन मसान्त भित्र राजश्व र आवश्यक कागजात संलग्न गरी संस्था नविकरण गर्नु पर्ने कानूनी प्रावधान छ ।

उक्त प्रावधान पालना नगरेका संस्थाको दर्ता खारेज गर्ने तयारी भएको हो । जिल्ला प्रसासन कार्यालयले १५ दिने सुचना दिएर त्यो मिति सम्म दर्ता नविकरण नगरेका जुनसुकै संस्था भएपनि खारेज गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

जिल्ला प्रसासन कार्यालयमा दर्ता नगरि सञ्चालन भैरकेका संस्थाहरुलाई प्रसासनले अनुगमन गरि कारबाहि गर्ने भएको छ । जिल्ला प्रसासन कार्यालयमा सरोकारवालाहरुको बैठक बसेर नविकरण नभएका संस्थालाई खारेज गर्ने निर्णय गरिएको हो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)