Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2105




महिला सशक्तिकरणका लागि उद्घोषण तथा भाषणकला तालीम
महिला सशक्तिकरणका लागि उद्घोषण तथा भाषणकला तालीम

जेठ ३१, पर्वत । कुश्मा नगरपालिका वडा नं ७ का महिलाहरुको सशक्तिकरण तथा क्षमता विकास गर्ने उदेश्यले वडा कार्यालयको आयोजनामा यही जेठ २६ गतेदेखि संचालन गरिएको पा“चदिने उद्घोषण तथा भाषणकला तालीम बुधवार एक समारोहका वीच सम्पन्न भएको छ । तालीम समापनको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा तालीम संयोजक परशुराम पुरीले वडाभित्रका सबै महिलाहरुलाई विभिन्न तालीमको माध्यमबाट सशक्तिकरण गर्दै सामुदायिक विकासका हरेक अभियानहरुमा अग्रसर गराउने उद्देश्यले यो तालीमको आयोजना गरिएको जानाकारी दिनुभयो ।

प्रमुख अतिथि पुरीले उद्घोषण तथा भाषणकला तालीमले महिलाहरुमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै नेतृत्व विकासमा समेत अग्रसर हुन अभिप्रेरित गरेको वताउनु भयो । पुरीले  भाषणकला र उद्घोषण तालीम अब सबैका लागि अपरिहार्य भएको वताउ“दै तालीममा सिकेको सीपलाई व्यवहारिक र जीवनपयोगी बनाउन सहभागी सबै महिलाहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा तालीमका प्रमुख प्रशिक्षक तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले नेतृत्व र व्यक्तित्व विकासको पहिलो सूचक भाषणकला भएकोले आफ्नो अभिव्यक्तिकलालाई प्रभावकारी बनाउन यो तालीमले महत्वपूर्ण भूमिका खेलेको दावी गर्नुभयो । तालीममा महिला सञ्जालका अध्यक्ष कलावती पुरीले तालीममा सिकेको सीपलाई व्यवहारिक जीवनमा प्रयोग गर्न महिलाहरुलाई सुझाव दिनुभएको थियो ।

कुश्मा नगरपालिका वडा नं ७ का कार्यबाहक वडाअध्यक्ष निलराज पुरीको सभापतित्वमा भएको उक्त तालीमको समापन समारोहमा वडा सदस्य कमला श्रेष्ठ, नगर वन उपभोक्ता महासंघकी सचिव मिठू शर्मा पौडेल, अनेम संघका वडा सचिव सिखा खनाल, अनेम संघका वडा सदस्य शान्ति शर्मा, सहभागीको तर्फबाट ज्ञानु शर्मा, सरस्वती शर्मा, गंगाकुमारी शर्मा, राधादेवी शर्मा, सन्तु गिरी, उषादेवी अधिकारी, बह्मकुमारी मन्दिरा, प्रमिला पुरी र दीपा पुरी लगायतका महिलाहरुले आ–आफ्ना भनाईहरु राख्नुभएको थियो भने तालीमको संचालन वडासचिव विन्दु शर्मा रेग्मीले गर्नुभएको थियो ।  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)