Correspondent, ParbatNepal
8 years ago
1806
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा देखि बेनी सम्म रेल ल्याउने बताएका छन् । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पुरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो परिर्वतन ल्याने बताउँदै उनले काठमाण्डौ देखि पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु¥याउने बताए ।
बिहिबार पर्वत सदरमुकाम कुश्मामा बाम गठबन्धनलाई सम्बोधन गर्न आएका ओलीले भने, ‘पोखरा सम्म आउने रेललाई कुश्मा हुँदै बेनी पु¥याउने छौ, ‘यसका लागि केही बर्ष मात्रै लाग्छ ।’ सम्बोधनकै क्रममा उनले उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी नहुने बताए ।
‘उत्तर दक्षिणका नाका खोलिएका छन, कसैले चाहेर पनि नाकाबन्दी हुन सक्दैन’ ओलीले भने ‘सडकनाका पक्की बनाएपछि उत्तर दक्षिणमा सहज ब्यापार गर्न सकिन्छ ।’ आफु प्रधानमन्त्री हुँदा मुस्ताङ्ग र तीब्बत जोड्ने कोरल्ला नाका पुग्ने बाटोका लागि ३ अर्ब ६० करोड रुपैया बजेट समेत बिनियोजन गराएको बताउँदै ३ बर्ष भित्र कालोपत्रे गरि सक्ने आश्वासन पनि दिए ।
