Correspondent, ParbatNepal
8 years ago
2382
पर्वत
गैरआवाशिय नेपाली संघ आइसीसीका नवनिर्वाचित उपाध्यक्ष तथा समाजसेवी कुल आचार्यलाई जन्मगाउँमा भव्य सम्मान गरिएको छ ।
जन्मगाउँ धाईरिङ्गस्थित कृष्ण भवन धर्म उच्च माविमा स्वर्गीय पिता धर्म आचार्यको स्मृतिमा आचार्यले स्थापना गरेको २ लाख ११ हजार १११ को अक्षय कोषबाट छात्रवृत्ति वितरण गर्न आएका आचार्यलाई त्यहाँका स्थानीयहरुले विश्वभर रहेका नेपालीको साझा संस्थामा निर्वाचित भई गाउँको नाम समेत राखेको भन्दै सम्मान र वृद्धवृद्धाले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
आचार्यले विद्यालयका ३६ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेका थिए । विद्यालयमा उच्च मावि सञ्चालन गर्न आर्थिक सहयोग, विद्युतीय पुस्तकालय, भौतिक संरचना लगाएत नियमित शैक्षिक साम्रागी उपलब्ध गराउँदै आएका आचार्यले बेलायतमा आफ्नो आम्दानीको केही हिस्सा शैक्षिक क्षेत्रको विकासमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।
सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीको शैक्षिक गुणस्तरबृद्धिका साथै भौतिक पूर्वाधार विस्तारमा निरन्तर सक्रियता देखाउने बताएका छन् ।
बुधबार पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा छात्रबृद्धि वितरण तथा सम्मान कार्यक्रममा बोल्दै आचार्यले आफ्नो समस्या सम्झिएर जन्मगाउँ धाईरिङ, माझँफाटको मल्लाज लगाएत देशका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयमा सहयोग गरेको बताए ।
उनले विद्यार्थीको पढाई सुधार गर्न, पठनपाठनमा रुची बढाउन पुस्तकालयको स्थापनालाई मध्यनजर गरी गैरआवासीय नेपाली संघले विभिन्न संघसंस्था संग सहकार्य गरी विद्युतीय पुस्तकालयलाई प्राथमिकता दिएको बताए । कार्यक्रममा वडा अध्यक्ष टुगलाल आचार्य, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष राजु आचार्य, अक्षय कोषका अध्यक्षम लोकनाथ आचार्य, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, स्थानीयबासी लगाएतको उपस्थिती रहेको थियो ।
