Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2035




पर्वतका साँसदहरु द्वारा मतदातालाई धन्यबाद
पर्वतका साँसदहरु द्वारा मतदातालाई धन्यबाद

पर्वतमा प्रतिनिधीसभा र प्रदेससभामा नेकपा(एमाले) र माओवादी  को तर्फबाट निर्वाचित भएका साँसदहरुले यतिबेला गाउँ गाउँपुगेर मतदातालाई धन्यबाद दिइरहेका  छन । 

प्रतिनिधीसभाका सदस्य पदम गिरी र प्रदेससभाका सदस्य बिकास लम्साल र नेत्र अधिकारील बिभिन्न ठाँउमा पुगेर मतदाता लाई धन्यवाद दिदै निर्वाचनको बेला आफुहरुले जनता माझ गरेका बाचा पुरा गरेरै छाड्ने बताएका छन् ।

 चुनाब जितेर धन्यबाद दिन गाउँ पुगेका गिरी र लम्साल र अधिकारीले आफुँहरुलाई चुनाब जिताएर जनताले आफ्नो पुरा गरेकाले अब स्थिर सरकार र आर्थिक सम्बृद्धि दिने दायित्व आफ्ुँहरुको बताएका छन


‘तपाईहरुले चुनाब जिताएर हामीलाई दिएको दायित्व पुरा गर्न सकेनौ भने हामीलाई पनि धिक्कार्ने दिन आउँछ’ प्रतिनिधीसभा सदस्य पदम गिरीले भने ‘ढुक्क भएर बस्नुस यो देशमा स्थिरता र आर्थिक सम्बृद्धि सहितको बिकास बामपन्थीले दिएर छाड्नेछन’गीरीले भने ।

त्यस्तै प्रदेश सभा क का सांसद अधिकारीले आफुँले चुनाब अघि गरेको प्रतिबिद्धता अनुसार   यस क्षेत्रको  पुर्बाधार र सामाजिक तथा शैक्षिक क्षेत्रका परिर्वतनको अनुभूति दिलाउने बताए । 

प्रदेससभाका सदस्य बिकास लम्साले आफुँ यस अघि साँसद हुँदा सुरु गरेका अधुरा योजनाहरु यस पटक पुरा गर्ने बिश्वास दिलाए । फलेबास देखि हुवास सम्मको सडक यस अवधीमा नै कालोपत्रे हुने र फलामखानी सञ्चालनका लागि उचित पहल हुने पनि उनले बताए । 

http://phalewassandesh.com/story/2486
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)